Trending
Prev Story
Next Story

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

Nagarik News •
November 06, 2026 • 08:41 AM
1
1 reads 0 reactions

२१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले २०८२ साल चैत २३ देखि २०८३ भदौ २३ गतेसम्ममा ताप्लेजुङका लागि कायम भएको मतदातामध्ये मृत्यु भएका ६ सय ४० जनाको नाम हटाएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार यो अवधिमा ५ सय ४५ जनाको दोहोरो नाम हटाएको छ भने ३ सय ४९ जनाको ठेगाना परिवर्तन गरेको छ। २१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८३ साल भदौ १५ गतेसम्ममा ताप्लेजुङमा ८९ हजार ७ सय जना मतदाता कायम भएका छन्। ४८ हजार ४८ जना पुरुष र ४१ हजार ६ सय ५२ जना महिला मतदाता कायम भएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ९० हजार ३ सय २७ मतदाता थिए। त्यसमध्ये ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका थिए। उति बेला ताप्लेजुङका लागि ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र कायम भएका थिए।

सोभन्दा अघिको निर्वाचनका लागि लागि भने ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र थिए।

प्रकाशित: २० कार्तिक २०८३ १४:२६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

#ताप्लेजुङ
Compare →

Related Stories

Technology
Build #2612