Trending
Prev Story
Next Story

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

Nagarik News •
November 06, 2026 • 08:38 AM
1
1 reads 0 reactions

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

विपद् व्यवस्थापनमा स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ : डा उप्रेती

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित ‘राइजिङ फोरम द रोयर’ कार्यक्रममा बोल्दै उनले साना विपद् स्थानीय तहले नै व्यवस्थापन गर्न सक्ने गरी अधिकार र स्रोतको विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिए।

उनले वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक रहेको बताए। स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

विपद् व्यवस्थापन ऐनले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए। सबै तहका निकायले ऐनमा भएका व्यवस्थाबारे पर्याप्त जानकारी राखेर आ(आफ्नो जिम्मेवारीअनुसार सक्रिय हुनुपर्ने उनले उल्लेख गरे।

रसुवामा गएको विपद्का बेला उद्धार तथा राहत वितरणमा देखिएका चुनौती स्मरण गर्दै उप्रेतीले पहिलो साताको मुख्य प्राथमिकता उद्धार र जीवनरक्षा रहेको बताए।

विपद्का क्रममा करिब १३ हजार ५०० जनाको उद्धार गरिएको थियो। राहत सामग्री ढुवानी, शव संकलन तथा व्यवस्थापनलगायतका चुनौतीपूर्ण काममा सुरक्षाकर्मी तथा सम्बन्धित निकाय रातदिन खटिएको बताए।

रसुवामा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले नुवाकोट हुँदै हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

राहत वितरणका क्रममा अनावश्यक अवरोध नहोस् भन्नेमा सरकार सचेत रहेको पनि उनले बताए। राहतको नाममा सामान्य गतिविधिलाई समेत राहतका रूपमा प्रस्तुत गर्ने र ‘राहत पर्यटन’लाई प्रोत्साहन गर्ने प्रवृत्ति रोक्दै नेपालमा लामो समयदेखि कार्यरत तथा समाज कल्याण परिषद्मा दर्ता भएका अन्तर्राष्ट्रिय संस्थालाई सहजीकरण गरिएको उनको भनाइ थियो।

प्रकाशित: २० कार्तिक २०८३ १४:२३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको...

#व्यवस्थापन
Compare →
Ekantipur
17h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#व्यवस्थापन
Compare →
Onlinekhabar
21h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#व्यवस्थापन
Compare →

Related Stories

National (Nepal)
Build #2612