Trending
Prev Story
Next Story

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

Ekantipur •
November 06, 2026 • 09:01 AM
1
1 reads 0 reactions

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।

काठमाडौँ — सडक विभागका महानिर्देशक विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुन सक्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराए । महानिर्देशक जैसीका अनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउण्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ ।

रसुवागढी नाकाको उदाहरण दिँदै उनले बेलिब्रिज निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्ने औँल्याए । साथै, बर्खा लाग्नुपूर्व नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले यसले थप आर्थिक भार र प्राविधिक जटिलता निम्त्याउने उनको तर्क छ । विभागले नियमविपरीत र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उनले स्पष्ट पारे ।

‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ,' उनले भने, 'हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ । तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

ढुङ्गेवामा भइरहेको काम तिहारलगत्तै दुई हप्ताभित्र सम्पन्न हुने विश्वास दिलाउँदै उनले सबै पक्षको समन्वयमा मात्रै निर्णय लिनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
15h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #जोखिम #क्षेत्रमा
Compare →
Hamro Patro News
1d ago
हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यका संयन्त्रलाई सुदृढ ब...

#जलवायु #जोखिम #क्षेत्रमा
Compare →

Related Stories

Technology
Build #2611