Trending
Prev Story
Next Story

नेपाल लाइफले कमायो ८६ करोड ७८ लाख नाफा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि

Bizshala •
November 06, 2026 • 07:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८६ करोड ७८ लाख...

नेपाल लाइफले कमायो ८६ करोड ७८ लाख नाफा, बीमाशुल्क र आम्दानीमा दोहोरो अंकको वृद्धि

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा नाफा सामान्य अर्थात करिब ०.३५ प्रतिशतले बढेको हो।

कम्पनीको कुल आर्जित बीमाशुल्क भने उल्लेख्य बढेको छ। पहिलो त्रैमासमा कुल आर्जित बीमाशुल्क १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क १३ अर्ब ५० करोड रुपैयाँ थियो। यो करिब १० प्रतिशतको वृद्धि हो।

त्यस्तै खुद आर्जित बीमाशुल्क १३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर १४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कुल आम्दानी १८ अर्ब ३६ करोड रुपैयाँ थियो। कुल आम्दानी करिब १०.७२ प्रतिशतले बढेको हो।

कम्पनीको प्रथम बीमाशुल्क आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको प्रथम बीमाशुल्क यस वर्ष बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यो करिब १९ प्रतिशतको वृद्धि हो।

नवीकरण बीमाशुल्क १० अर्ब ७२ करोड रुपैयाँबाट बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ३ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति २ खर्ब ९२ अर्ब ३३ करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। गत वर्षको सोही अवधिमा ८.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष ८.१४ रुपैयाँमा सीमित भएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
सिटिजन लाइफले नाफामा २३ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

सिटिजन लाइफले नाफामा २३ प्रतिशतको गिरावट, इपीएस सहित अन्य सूचक कस्ता ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक...

#नाफा #लाइफ #अवधिमा
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2611