Trending
Prev Story
Next Story

भूगोल इनर्जीले कमायो रु.१.६६ करोड नाफा, ईपीएस कति ?

Bizshala •
November 06, 2026 • 07:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ६६ लाख ७५ हजार...

भूगोल इनर्जीले कमायो रु.१.६६ करोड नाफा, ईपीएस कति ?

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ६६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ६० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी पनि बढेको छ। कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ३ करोड ३६ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ७ लाख १३ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी ३ करोड १९ लाख ९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ करोड ८२ लाख २२ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा ब्याज तथा करअघिको आम्दानी २ करोड ४२ लाख १२ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ७५ लाख ३७ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ८१ करोड ७१ लाख ८६ हजार रुपैयाँ रहेको छ। कुल इक्विटी २६ करोड ८४ लाख ६७ हजार रुपैयाँ छ।

कम्पनीको चुक्तापुँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको छ। सञ्चित तथा जगेडा कोष भने २७ करोड ५५ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.२६ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ४९.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.४३ गुणा रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#नाफा #आम्दानी
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा
Compare →
Onlinekhabar
1w ago
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले …

#इनर्जी
Compare →

Related Stories

Business & Economy
Build #2611