Trending
Prev Story
Next Story

अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

Ekantipur •
November 05, 2026 • 03:02 PM
1
1 reads 0 reactions

सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने व्यवस्थाप्रति पनि महासंघको विरोध छ ।

अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने व्यवस्थाप्रति पनि महासंघको विरोध छ ।

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधन गर्न सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेको छ । तर महासंघको विज्ञप्तिमा अध्यादेशमा नभएका प्रावधानसमेत उल्लेख भएको देखिन्छ ।

पत्रकार तथा सञ्चारमाध्यमलाई जरिवाना गर्ने, क्षतिपूर्ति भराउने र लोककल्याणकारी विज्ञापन रोक्ने व्यवस्था अध्यादेशमा छैन । ती प्रावधान मिडिया काउन्सिल विधेयकको मस्यौदामा छन् । महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उजुरी नपरे पनि आचारसंहिता उल्लंघन भएको देखिए प्रेस काउन्सिलले आफैं छानबिन र कारबाही गर्न सक्ने व्यवस्था उल्लेख गरेको छ । त्यस्तै, पत्रकार तथा सञ्चारमाध्यमलाई आर्थिक जरिवाना गर्ने, क्षतिपूर्ति भराउने र प्रेस पास निलम्बन गर्न सिफारिस गर्न सक्ने प्रावधानप्रति पनि असहमति जनाएको छ ।

सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने व्यवस्थाप्रति पनि महासंघको विरोध छ । ‘आर्थिक दण्ड र प्रशासनिक नियन्त्रणको बाटोले स्वतन्त्र पत्रकारितामाथि नियन्त्रण गर्ने सरकारी मनसाय प्रकट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । तर विज्ञप्तिमा उल्लेख गरिएका जरिवाना र क्षतिपूर्तिका प्रावधान अध्यादेशमा छैनन् । ती व्यवस्था मिडिया काउन्सिल विधेयकको मस्यौदामा छन् । महासंघले अध्यादेश र विधेयकका प्रावधान मिसाएर विरोध गरेको देखिन्छ ।

विज्ञप्ति तयार पार्ने विषयमा महासंघका अध्यक्ष निर्मला शर्मा र महासचिव रामप्रसाद दाहालको जवाफ पनि बाझिएको छ । महासचिव दाहालले अध्यक्षले विज्ञप्ति ड्राफ्ट गरेर पठाएको बताए । ‘यो अध्यादेश कुन कुन सर्कुलेट भएको छ थाहा छैन । मलाई अध्यक्षले ड्राफ्ट गरेर पठाएको विज्ञप्ति हो त्यो,’ उनले भने । लोककल्याणकारी विज्ञापन रोक्ने व्यवस्थालाई जरिवानासँग जोड्दै उनले भने, ‘फेरि लोककल्याणकारी विज्ञापन कटौती गर्ने कुरा जरिवाना जस्तै त हो नि !’

अध्यक्ष शर्माले भने आफूले अध्यादेश मात्रै महासचिवलाई पठाएको बताइन् । विज्ञप्तिको अन्य सामग्री महासचिवले हेरेको उनको भनाइ छ ।‘मैले अध्यादेश मात्रै महासचिवलाई पठाएको हुँ । अरू कन्टेन्ट महासचिवले हेर्नुभएको हो,’ उनले भनिन् । शर्माले मिडिया काउन्सिल विधेयकको मस्यौदामा जरिवाना र क्षतिपूर्तिको व्यवस्था रहेको बताइन् । विज्ञप्तिमा त्यही विषय समेटिएको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार विज्ञप्ति अध्यादेशलाई लिएर मात्रै जारी गर्ने कुरा भएको थियो ।

महासंघले सरकारले सरोकारवाला पक्षसँग परामर्श नगरी अध्यादेश ल्याउन सिफारिस गरेको भन्दै आपत्ति जनाएको छ । संसदीय प्रक्रियाबाट विधेयक अघि बढाउन खोजिएको अवस्थामा अध्यादेशमार्फत संशोधन गर्न खोज्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ । महासंघले अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसमक्ष माग गरेको छ । साथै, सबै सरोकारवाला पक्षको सहभागिता र सहमतिमा मात्रै प्रेस काउन्सिल ऐन संशोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी अध्यादेशमा...

#महासंघ #अध्यादेश #पत्रकार
Compare →
Nagarik News
1w ago
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

#महासंघ #पत्रकार
Compare →
Onlinekhabar
1d ago
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा …

#महासंघ
Compare →

Related Stories

Politics & Governance
Build #2611