Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा विराटनगर किंग्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

Ekantipur •
November 05, 2026 • 02:32 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

एनपीएल : तस्बिरमा विराटनगर किंग्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार विराटनगर किंग्समाथि ९ विकेटको प्रभावशाली विजय हात पारेको छ । ब्याटिङमा हतार गरेको विराटनगरलाई सस्तैमा अलआउट गर्दै काठमान्डुले सजिलो लक्ष्य पछ्याएको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगरलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले केवल १८.३ ओभरमा ८३ रनमा अलआउट गरेको थियो । काठमान्डुले ओभरमै लक्ष्य पुरा गर्यो । काठमान्डुले ९.४ ओभरमै ८६ रन बनायो ।

काठमान्डुको यो लगातार दोस्रो जित हो । यस जितले काठमान्डु सातौंबाट दोस्रो स्थानमा उक्लेको छ । विराटनगर भने दोस्रोबाट पाँचौं स्थानमा झरेको छ । काठमान्डुले पहिलो ओभरमै १४ रन जोडेको थियो । साहिल पटेलले पहिलो दुई बलमै चौका प्रहार गरेका थिए भने डेभिड वार्नरले पनि आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तेस्रो ओभरमा साहिललाई अपराजित पौडेलले १० रनमा बोल्ड गरे ।

डेभिड वार्नर र विल बोसिस्टोले दोस्रो विकेटमा ६९ रनको अविजित साझेदारी गरि काठमान्डुलाई सहज जित दिलाए । इमरान शेखको बलमा लगातार दुई छक्का प्रहार गरि विजयी रन बटुलेका वार्नरले २४ बलमा ४४ रन बनाए । सोक्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे । बोसिस्टोले २४ बल खेली ३ चौका प्रहार गरी २३ रन बनाए ।

यसअघि विराटनगरले ३५ रनमा ७ विकेट गुमाउदा टोलीमा एनपीएलकै न्युन स्कोर कटाउनु पर्ने चुनौती अगाडि रहेको थियो । जनकपुर बोल्ट्स पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध ५१ रनमै अलआउट भएको थियो । तर एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौं विकेटमा ३९ रनको साझेदारी गरी विराटनगरलाई त्यो खतराबाट उकासेका थिए । म्याथ्युज २२ रन बनाई सन्तोष यादवको बलमा बोल्ड भए । उनले ३१ बल खेली १ चौका प्रहार गरे । रुपेशले सर्वाधिक २६ रन बनाए । २६ बल नै खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । रुपेशलाई पनि सन्तोषले एलबीडब्लु आउट गरे ।

ओपनर सेहन जयसुर्या ५ रन बनाई जहाँन्दद खानको बलमा आउट भए । लोकेश बम ६ रनमै आउट भए । इमरान शेख खाता नखोली पेभेलियन फर्किए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका श्रीलंकाका अलराउन्डर सहन अराचिगेले लगातार बलमा बसिर अहमद र नारायण जोशीलाई आउट गरे । बसिरले १० रन बनाए भने नारायणले खाता खोल्न भ्याएनन् । ‘चाइना म्यान’ देव शाहले स्टार अलराउन्डर एन्ड्रे रसेललाई ३ रनमा आउट गरी विराटनगरलाई संकटमा पारेका थिए । त्यसपछि म्याथ्युज र रुपेशको जोडिले केहि समय काठमान्डुको बलिङको प्रतिरोध गरेका थिए ।

अन्तिम ब्याटर अपराजित पौडेललाई २ रनमा जहाँन्ददले आउट गरे । काठमान्डुबाट देव्रेहाते स्पिनर सन्तोषले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । सहनले २ ओभरमा ७ र जहाँन्ददले ३.४ ओभरमा १४ रन खर्चेर २–२ विकेट लिए । शाहव आलमले ४ ओभरमा १३ रनमात्र खर्चेर १ विकेट लिए । कप्तान करण र देवले पनि १–१ विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #काठमान्डु
Compare →
Arthasansar
9h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #काठमान्डु
Compare →
Onlinekhabar
9h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #काठमान्डु
Compare →
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #गोर्खाज
Compare →

Related Stories

Sports
Build #2611