Trending
Prev Story
Next Story

नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत

Ekantipur •
November 05, 2026 • 01:32 PM
1
1 reads 0 reactions

सुरुङमार्ग प्रयोगवापत ४ दिनमै ५१ लाख ८७ हजार संकलन भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत

सुरुङमार्ग प्रयोगवापत ४ दिनमै ५१ लाख ८७ हजार संकलन भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

नागढुंगा (काठमाडौं) — नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग १५ कात्तिक आइतबारदेखि सञ्चालनमा आएको हो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन सुरुङमार्गबाट आवजावत गरेका छन् ।

आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार ५ दिनमा सवारीसाधनको चाप बढ्दै गएको छ । पन्थीले भने, ‘पहिलो दिन आइतबार करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए । त्यसयता दैनिक सवारीसाधनको संख्या बढेर ८ हजारको हाराहारीमा पुगेको छ ।’ उनका अनुसार सुरुङमार्ग सञ्चालमा आएको पहिलो दिन करिब ११ लाख ७० हजार, दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ ।

उनले भने, ‘दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । आजको पाँचै दिनको राति १२ बजे मात्रै विवरण आउँछ ।’

पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भएपछि मात्रै प्राप्त हुने उनले बताए । उनका अनुसार पाँचौँ दिनको विवरण राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन ।

टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीचालकबाट भने समस्या देखिएको आयोजनाले जनाएको छ । विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि शुल्क तिर्ने गरी अन्यत्र जान खोज्दा केही समय अवरोध हुने गरेको पन्थीले बताए ।

त्यस्ता घटनाका कारण कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या देखिएको उनको भनाइ छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

नागढुंगा (काठमाडौं) । नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना...

#सुरुङमार्ग #नागढुंगा #आयोजना
Compare →
Bizshala
1w ago
नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने

काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक...

#सुरुङमार्ग #नागढुंगा
Compare →
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#सवारीसाधन
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सवारीसाधन
Compare →

Related Stories

World News
Build #2611