Trending
Prev Story
Next Story

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने

Bizshala •
November 06, 2026 • 12:03 PM
5
5 reads 0 reactions

काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक...

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने

काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर रहेका बैंकका शाखाबाट लिन सकिने भएको छ।

सडक बोर्ड नेपालद्वारा सञ्चालित सुरुङमार्गमा टोल भुक्तानीका लागि इलेक्ट्रोनिक टोल कलेक्सन प्रणाली लागू गरिएको छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको उपकरणले स्वचालित रूपमा पहिचान गर्नेछ।

टोल शुल्क सम्बन्धित ट्यागबाट स्वतः कट्टा भएपछि गेट खुल्ने व्यवस्था रहेकाले यात्रुले लामो लाइनमा बस्नुनपर्ने र छिटो तथा झन्झटरहित यात्रा गर्न सक्ने बैंकले जनाएको छ।

सवारीधनीले सानिमा बैंकका जुनसुकै शाखाबाट एन-ट्याग प्राप्त गर्न सक्नेछन्। एन-ट्यागलाई ई-सेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले यो सेवा काठमाण्डौमा मात्रै सीमित नराखी देशभरको शाखा सञ्जालमार्फत उपलब्ध गराएको जनाएको छ। यसबाट उपत्यकाबाहिरका सवारीधनीले पनि नजिकको शाखाबाटै एन-ट्याग लिन सक्नेछन्।

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले नागढुंगा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताएका छन्। बैंकले आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
1w ago
नागढुंगा-सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य

नागढुंगा-सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य

काठमाडौं- नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत आजदेखि टोल शुल्क लाग्ने भएको छ। सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ। सर...

#सुरुङमार्ग #नागढुंगा #टोल
Compare →
Ekantipur
1w ago
नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत

नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत

सुरुङमार्ग प्रयोगवापत ४ दिनमै ५१ लाख ८७ हजार संकलन भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

#सुरुङमार्ग #नागढुंगा
Compare →
Arthasansar
2w ago
नागढुंगा सुरुङमार्गमा यात्रा अब निःशुल्क नहुने, कात्तिक १५ देखि शुल्क

नागढुंगा सुरुङमार्गमा यात्रा अब निःशुल्क नहुने, कात्तिक १५ देखि शुल्क

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि सडक उपभोग शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सूचना जारी...

#सुरुङमार्ग #नागढुंगा
Compare →
Setopati
1w ago
नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन (तस्बिरहरू)

नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन (तस्बिरहरू)

नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरू भएपछि सवारीसाधनको चाप बढेको छ।

#नागढुंगा #टोल
Compare →
Nagarik News
1w ago
नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले यात्रा गरेका छन्। ती सवारीसाधनबाट करिब ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर संकलन भएको छ।

#सुरुङमार्ग #टोल
Compare →
Onlinekhabar
3w ago
१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

१२ कात्तिक, काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको …

#नागढुंगा
Compare →

Related Stories

Business & Economy
Build #2612