Trending
Prev Story
Next Story

सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने

Onlinekhabar •
November 05, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा …

सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।

‘राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौं, जतिबेला सरकार नै टिकाउनका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सीमा राखेर गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘एब्सुलुट काम पार्टीले गर्छ । कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे क्लियारिटी चाहिए हामी बस्छौं, कुराकानी गरिराख्छौं ।’

सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे ।

‘हामी धेरै भेट गरिरहन्छौं । समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के हो भने सरकारलाई मज्जाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने ।

उनले सरकार र पार्टीबीच कुनै टसल नरहेको जिकिर पनि गरे । कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरुलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए ।

सभापति लामिछानेले परिवक्व ढंगले अघि बढ्नुपर्ने जस्ता प्रश्न आउन नदिने गरि सरकारले विधिको शासन अनुसार चल्न ध्यान दिनुपर्ने धारणा राखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम जाने

छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन...

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Nagarik News
6d ago
अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :  रवि लामिछाने

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसजस्ता संस्थामाथि हल्का टिप्पणी गर्दा तिनको संस्थागत क्षमता र मनोबल कमजोर हुने बताएका हुन्।

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Ekantipur
6d ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2611