चितवन – भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा सवारी चालकलाई यसको प्रयोग र सडक सुरक्षाबारे सचेत गराउन थालिएको छ ।
महानगरपालिकाले चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइटको परीक्षण गर्दै बिहीबारदेखि सचेतना कार्यक्रम सुरु गरेको हो । महानगरका प्रमुख चोकहरूमा ट्राफिकलाइट जडान गरिए पनि नियमित सञ्चालनमा आउनुअघि सर्वसाधारणलाई यसको प्रयोगबारे जानकारी गराउन कार्यक्रम थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )