Trending
Prev Story
Next Story

ट्राफिकलाइट प्रयोगबारे सचेतना जगाउँदै भरतपुर महानगरपालिका

Onlinekhabar •
November 05, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१९ कात्तिक, चितवन। भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम …

ट्राफिकलाइट प्रयोगबारे सचेतना जगाउँदै भरतपुर महानगरपालिका

१९ कात्तिक, चितवन। भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो ।

भरतपुर महानगरपालिकाले ट्राफिकलाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ । “महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिकलाइट सञ्चालन गरिसकिएको छैन । प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो । महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,” महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भने।

उनका अनुसार ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक शिक्षा लिएका विद्यार्थीहरूको सक्रियतामा कार्यक्रमलाई अघि बढाइएको हो । वातावरण शाखाका इन्जिनियर घिमिरेले अहिले हुने गरेका सवारी दुर्घटना कम गर्न ट्राफिकलाइट जडान सकेर सचेतना जगाउन सुरु गरिएको बताए । ट्राफिक व्यवस्थापन र पार्किङका क्षेत्रमा देखिएको समस्या समाधानका लागि एकल प्रयासले सम्भव नहुने भन्दै स्थानीयस्तरमा टोल विकास संस्थाहरूको सक्रियता पनि रहेको उनले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिकलाइट प्रयोगले मात्रै दुर्घटनामा कमी नआउने बताए । सवारी चालकको लापरबाहीले दुर्घटना बढ्ने भन्दै उनले समुदायस्तरबाटै यसलाई सहजीकरण गर्न आवश्यक रहेको बताए। सवारी चालकको लापरबाही, हेलचेक्र्याइँलगायत कारणले दुर्घटना बढ्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए।

भरतपुर महानगर-१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिकलाइटले सवारी दुर्घटनासँगै सवारीको गतिलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने बताए। महानगरका छवटा चोकमा ट्राफिकलाइट जडान गरेर अहिले सडक सुरक्षाका कामहरू गरिएको उनले जानकारी दिए।

महानगरका पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोकमा ट्राफिकलाइट जडान गरिएको छ । सडक विभागको ट्राफिक महाशाखाले ती ठाउँमा लाइट जडान गरेको हो । दर्शन मिडियाका अध्यक्ष प्रकाशमणि ज्ञवालीले ट्राफिकलाइट सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकलाई सहजीकरण गर्न कार्यक्रम थालिएको बताए।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
भरतपुरमा ट्राफिकलाइट प्रयोगबारे सचेतना कार्यक्रम

भरतपुरमा ट्राफिकलाइट प्रयोगबारे सचेतना कार्यक्रम

चितवन– भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा सवारी चालकलाई यसको प्रयोग र सडक सुरक्षाबारे सचेत गराउन थालिएको छ । महानगरपालिकाले चौबिसकोठीमा जडान गरिएको ट्राफि...

#ट्राफिकलाइट #भरतपुर #जडान
Compare →
Nagarik News
1w ago
भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले उक्त निर्णयप्रति असहमति जनाएको छ।

#भरतपुर
Compare →
Ekantipur
2w ago
भरतपुरमा विद्यालय शुल्कवृद्धिको विरोध, दल र विद्यार्थी संगठन एकजुट

भरतपुरमा विद्यालय शुल्कवृद्धिको विरोध, दल र विद्यार्थी संगठन एकजुट

भरतपुर महानगरको कार्यपालिका बैठकले संस्थागत विद्यालयलाई ३० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको छ । शैक्षिक सत्रको बीचमा आएर शुल्क वृद्धि भएको भन्दै दल तथा दलनिकटका विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

#भरतपुर
Compare →

Related Stories

World News
Build #2611