Trending
Prev Story
Next Story

राष्ट्र बैंकको निर्देशन : बैंक तथा वित्तीय संस्थामा ‘साइबर स्क्याम प्रतिकार्य केन्द्र ’ का लागि सम्पर्क अधिकृत तोक्नु

Arthasansar •
November 05, 2026 • 11:04 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत...

1 / 2
Swipe Photos

नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा ई–सेवा र आईएमई खल्तीबाहेकका भुक्तानी सेवा प्रदायकलाई पत्राचार गर्दै सम्पर्क अधिकृतको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

नेपाल सरकार, गृह मन्त्रालयको २०८३ असोज २३ गतेको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोबाट केन्द्रको कार्य सञ्चालनमा समन्वय, सहकार्य तथा सहजताका लागि सम्पर्क अधिकृत माग भई आएको राष्ट्र बैंकले जनाएको छ।

निर्देशनअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले २४ सै घण्टा उपलब्ध हुन सक्ने एक जना सम्पर्क अधिकृत तोक्नुपर्नेछ। उनीहरूको नामथर, फोन नम्बर र कार्यालयको इमेल ठेगानासहितको विवरण राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

उक्त विवरण २०८३ कात्तिक १९ गते बेलुका ३ बजेसम्म राष्ट्र बैंकको सम्बन्धित विभागको इमेल ठेगानामा उपलब्ध गराउन निर्देशन दिइएको छ। यस व्यवस्थाले साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा सम्बन्धित वित्तीय संस्था र प्रतिकार्य केन्द्रबीच तत्काल समन्वय तथा सूचना आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ।

#साइबर #स्क्याम #प्रतिकार्य
Compare →
Ekantipur
1w ago
साइबर ठगीको पैसा रोक्न एकै छानामुनि प्रहरी, बैंक र टेलिकम

साइबर ठगीको पैसा रोक्न एकै छानामुनि प्रहरी, बैंक र टेलिकम

डिजिटल माध्यमबाट हुने ठगी न्यूनीकरण गर्न र पीडितको पैसा तत्काल रोक्का गर्न सरकारले शुक्रबारदेखि प्रहरी, बैंक, वालेट र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलाई एकै ठाउँ राखेर चौबिसै घण्टा सञ्चालनमा रहने ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सुरु गर्दै छ ।

#साइबर #स्क्याम #प्रतिकार्य
Compare →
Hamro Patro News
5d ago
साइबर व्युरो पुगे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

साइबर व्युरो पुगे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन् । व्युरोले शिवाकोटीलाई आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिव...

#साइबर
Compare →
Onlinekhabar
5d ago
साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् । उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन …

#साइबर
Compare →

Related Stories

Business & Economy
Build #2612