Trending
Prev Story
Next Story

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

Onlinekhabar •
November 08, 2026 • 07:00 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् । उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन …

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् ।

उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिवाकोटी भने दिउँसो १ बजेतिर ब्युरो पुग्ने तयारीमा छन् ।

‘ब्युरोले बोलाएकै समयमा पुग्न नसके पनि एक बजेतिर पुग्छु,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि पनि साइबर ब्युरोले आफूलाई बोलाएको खबर पाएको तर त्यतिबेला भारतमा रहेकाले उपस्थित हुन नसकेको उनले बताए ।

यसपटक चाडपर्वको बिदाका बेला ब्युरोले बोलाएको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘चाडपर्वको बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु ।’

पत्रकार रोशन खड्काले सामाजिक सञ्जालमा आफूले लेखेको विषयलाई लिएर उजुरी दिएको र त्यसैका आधारमा ब्युरोले बोलाएको जानकारी पाएको शिवाकोटीको भनाइ छ ।

उजुरीको विषय र ब्युरोले बोलाउनुको कारणबारे विस्तृत विवरण खुलाएका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी, तस्बिरहरु

साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी, तस्बिरहरु

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् । चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताएका थिए। ब्युरोल...

#ब्युरो #उपस्थित #शिवाकोटी
Compare →
Nagarik News
5d ago
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।

#ब्युरो #शिवाकोटी #साइबर
Compare →
Ekantipur
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#साइबर
Compare →

Related Stories

Politics & Governance
Build #2611