Trending
Prev Story
Next Story

कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो

Onlinekhabar •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म …

कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ ।

अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोडको भयो । ५६ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने १२ को स्थिर रह्यो ।

माइक्रोफाइनान्सबाहेक सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स जम्मा ०.०९ प्रतिशत बढ्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ तथा व्यापार ०.१४ प्रतिशत घटे । स्नो रिभर्सको २.८७, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८, आँखुखोला जलविद्युतको मूल्य २.३७ प्रतिशत बढ्यो ।

त्यस्तै चिरख्वा हाइड्रोपावरको ४.६१, हिमालयन रिइन्स्योरेन्सको ३.७५, उन्नति सहकार्य लघुवित्तको ३.६५, भुजुङ हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त तथा राधि विद्युत् क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
8h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#अघिल्लो #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2611