Trending
Prev Story
Next Story

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

Onlinekhabar •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

तिहार उज्यालो, खुसी र आपसी सद्‍भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, तर …

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

तिहार उज्यालो, खुसी र आपसी सद्‍भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, तर त्यसको असर अरूले लामो समयसम्म भोग्नुपर्ने हुन सक्छ ।

पटका पड्किँदा निस्कने चर्को आवाजले बालबालिका तर्सिन सक्छन् । साना शिशुमा डर, रुवाइ र निद्रामा समस्या देखिन सक्छ । ज्येष्ठ नागरिक, विशेषगरी चर्को आवाजप्रति संवेदनशील व्यक्तिलाई तनाव, बेचैनी र निद्रामा असर पर्न सक्छ । मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई अचानक आउने ठूलो आवाजले थप असहज बनाउन सक्छ ।

अस्पतालमा उपचाररत बिरामी, शल्यक्रियापछि आराम गरिरहेका व्यक्ति तथा मानसिक तनाव वा आवाजप्रति संवेदनशीलता भएका मानिसलाई पटाकाको आवाजले थप समस्या दिन सक्छ । अटिजम भएका कतिपय व्यक्ति पनि चर्को आवाज सहन नसक्ने अवस्थामा हुन्छन् । उनीहरूका लागि पटाकाको आवाज सामान्य मनोरञ्जन होइन, असह्य पीडा बन्न सक्छ ।

पटाकाको आवाजले सबैभन्दा बढी प्रभावित हुनेमध्ये कुकुर, बिराला, गाईगोरु, चराचुरुङ्गी र अन्य पशुप्राणी पनि पर्छन् । उनीहरूको श्रवण क्षमता मानिसको भन्दा फरक र कतिपय अवस्थामा बढी संवेदनशील हुन्छ । अचानक ठूलो आवाज आउँदा उनीहरू डराउँछन्, काँप्छन्, लुक्न खोज्छन् र भाग्न सक्छन् । डरले घर वा सुरक्षित स्थानबाट भागेका कुकुर तथा बिरालो सवारीसाधनको ठक्करमा पर्न सक्छन् । कतिपय हराउँछन् भने कतिपय घाइते हुन्छन् । चराचुरुङ्गीसमेत बासस्थान छाडेर भाग्न सक्छन् ।

पटका पड्काउँदा हात, अनुहार र आँखामा चोट लाग्न सक्छ । पड्काउन खोज्दा हातमै विस्फोट हुन सक्छ । बालबालिकाले खेलौना ठानेर पटका चलाउँदा गम्भीर दुर्घटना हुन सक्छ । घर, पसल, सवारीसाधन तथा अन्य संरचनामा आगलागी हुने जोखिम पनि उत्तिकै हुन्छ । सानो लापरबाहीले ठूलो क्षति निम्त्याउन सक्छ ।

पटका पड्काउँदा धुवाँ, धुलो र विभिन्न रासायनिक पदार्थ हावामा फैलिन्छन् । यसले वायु प्रदूषण बढाउँछ । दम, एलर्जी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई सास फेर्न गाह्रो हुन सक्छ । आँखामा पोल्ने, घाँटी खसखसाउने र खोकी लाग्ने समस्या पनि देखिन सक्छ । पटका पड्किएपछि लामो समयसम्म वातावरणमा धुवाँ र प्रदूषण रहन सक्छ ।

पटाकाको आवाजले वातावरणमा ध्वनि प्रदूषण बढाउँछ । यसले मानिसको कानमा असर पुर्‍याउन सक्छ । अत्यधिक चर्को आवाजले श्रवण क्षमतामा क्षति पुर्‍याउने जोखिम हुन्छ । त्यस्तै, डर, तनाव, बेचैनी र निद्रामा समस्या पनि निम्त्याउन सक्छ ।

तिहार हाम्रो खुसीको पर्व हो । तर हाम्रो रमाइलो अरू कसैको डर, पीडा र दुःखको कारण बन्नु हुँदैन । केही क्षणको मनोरञ्जनका लागि बालबालिका, बिरामी, ज्येष्ठ नागरिक र पशुप्राणीलाई त्रासमा पार्नु उचित होइन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#पर्व #तिहार #पटका
Compare →
Hamro Patro News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार...

#पटका #पड्काउँदा
Compare →
Ekantipur
16h ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#सक्छ #कस्तो
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#पटका #पड्काउँदा
Compare →

Related Stories

Health & Wellness
Build #2611