काठमाडौँ । आगामी डिसेम्बर ९ र १० (मङ्सिर २३र २४ गते) काठमाडौँको होटल सोल्टीमा ‘नेपाल पूर्वाधार सम्मेलन’ (नेपाल इन्फ्रास्ट्रक्चर समिट) आयोजना हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।
सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन तथा ‘प्रोजेक्ट सोकेस’ कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस पटकको सम्मेलनमा करिब १७ अर्ब अमेरिकी डलर बराबरका विभिन्न पूर्वाधार परियोजनाहरू एउटै ढाँचामा प्रस्तुत (सोकेस) गरिने जानकारी दिए । उनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालका पूर्वाधार आयोजनामा ढुक्क भएर लगानी गर्न आह्वान समेत गरे।
Read full story at source ( ratopati.com )