Trending
Prev Story
Next Story

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

Onlinekhabar •
November 05, 2026 • 09:31 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ …

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ परेका छन् । काभ्रे, सिराहा, बारा लगायतका जिल्लाबाट ५९ जना पक्राउ परेका हुन् । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेशकुमार...

#जुवातास #खेलिरहे #परे
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#जुवातास #खेलिरहे #परे
Compare →
Ekantipur
6d ago
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

राति ११:५० बजे प्राप्त सूचनापछि ४५ सदस्यीय संयुक्त प्रहरी टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#जुवातास #खेलिरहे #अवस्थामा
Compare →
Nagarik News
1w ago
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

#जुवातास #खेलिरहे
Compare →

Related Stories

World News
Build #2611