Trending
Prev Story
Next Story

कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता आईपीओ ल्याउने, सेबोनबाट अनुमति

Bizshala •
November 05, 2026 • 09:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी...

कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता आईपीओ ल्याउने, सेबोनबाट अनुमति

काठमाण्डौ ।  कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो। यसअनुसार कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब पशुपन्छी तथा जनावरको स्वास्थ्यसँग सम्बन्धित औषधि तथा पोषणयुक्त सामग्री उत्पादन गर्ने कम्पनी हो।

कम्पनीले कुखुरा, गाईवस्तु, घोडा, बंगुरलगायत पशुपन्छीका लागि आवश्यक औषधि तथा पशु आहारमा प्रयोग हुने पोषणयुक्त सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ।

आफ्ना उत्पादनको गुणस्तर परीक्षण तथा अनुसन्धानका लागि कम्पनीले प्रयोगशाला समेत सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा रहेको छ भने उत्पादन कारखाना काभ्रेको पाँचखालमा रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक १९ गते प...

#आईपीओ #कान्तिपुर #फर्मास्युटिकल्स
Compare →
Onlinekhabar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । …

#आईपीओ #कान्तिपुर #निष्कासन
Compare →
Arthasansar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते...

#आईपीओ #कान्तिपुर #फर्मास्युटिकल्स
Compare →
Ekantipur
2w ago
अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

२००८ मा रिलायन्स पावरले ल्याएको आईपीओको रेकर्ड तोड्दै जियो प्लेटफर्म्सको सेयर निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्। संस्थागत तथा खुद्रा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ।

#आईपीओ #निष्कासन
Compare →

Related Stories

Health & Wellness
Build #2611