Trending
Prev Story
Next Story

सहरमा नवीन प्यासी

Onlinekhabar •
November 05, 2026 • 09:01 AM
1
1 reads 0 reactions

‎कुनै दिन ‎उसले मलाई शानका साथ भनेथ्यो - ‎'बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि ‎मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !' ‎ ‎थाहा छैन,- ‎के-के खोस्यो यो सहरले ऊ बाट ? ‎मुस्कान, आँसु वा सपना खोस्यो कि ? ‎खोस्यो …

सहरमा नवीन प्यासी

‎कुनै दिन ‎उसले मलाई शानका साथ भनेथ्यो – ‎’बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि ‎मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !’ ‎ ‎थाहा छैन,- ‎के-के खोस्यो यो सहरले ऊ बाट ? ‎मुस्कान, आँसु वा सपना खोस्यो कि ? ‎खोस्यो दिनदहाडै उसको अनुहारबाट जिजीविषा ? ‎अथवा खोस्यो उसले जुनीभरिलाई बोकेर हिँडेको सम्बन्ध ? ‎वा, के-के दिलायो यो सहरले उसलाई ? ‎फ्रस्टेसन, डिप्रेसन वा मृत्युको सोच ? वा आफ्नै खरानीबाट आफैंलाई जन्माउने फिनिक्स चराको जस्तो जादुयी आत्मविश्वास ?

‎सहरको यो लेनदेनबाट बिल्कुल फरक, उसले भने- ‎एउटा दुश्मनी मोलेको छ यो सहरसँग । ‎कि; देख्ने छैन यो सहरले ‎मानिसको दया, करुणा वा सान्त्वना खोजिरहेको ‎प्यासीको निरीह अनुहार ! ‎ ‎उसलाई फिट्टिक्कै मन पर्दैन सहरको ऐनामा ‎याचना गरिरहेको आफ्नै कमजोर अनुहार ! ‎त्यसैले ऊ ‎कहिले जर्मन बेकरीमा पिठो मुछ्न पुग्छ ‎कहिले पाल्दछ कुखुरा ‎कहिले बन्दछ ज्यामी ‎कहिले खोल्दछ मासु पसल ‎र काट्दछ राँगाको कान जिब्रो ‎कहिले असनमा खरिद गरेर ‎जोरपाटीमा बेच्दछ रु पाँच सयको दुई जोर चप्पल ‎कहिले हुन्छ श्रमजीवी पत्रकार ‎ ‎यसरी एक मान्छे भइरहन्छ अनेक ! ‎ ‎तर, जब अकस्मात् ‎समयले प्रहार गर्छ ब्रह्मास्त्र ‎र एकैसाथ खोस्न खोज्दछ सबै-सबै विकल्पहरू ‎देखाउन खोज्दछ मृत्युको रिहल्सल ‎र भन्दछ – ‎’ए प्यासी, अब छैन तँसग विकल्प ‎आत्मसमर्पण गर् ! ‎मैले जितेँ तँलाई ‎गर् आत्मसमर्पण ‎आजै गर् ‎अहिलै गर ‎आत्म….स..म…र्पण !’ ‎ ‎तर , ‎निकै निकै जब्बर छ नवीन प्यासी ‎छातीमै थाप्दछ समयको ब्रह्मास्त्र ‎र ‎एनेस्थेसियाको सुईं घोपिनुअघि, ‎एनेस्थेसियाको असर सकिनसाथ ‎शब्दहरू चलाइहाल्छ ‎र बनाउँछ ‘शब्द-दिव्यास्त्र !’ ‎जलाउँछ आँफैभित्र जैविक ऊर्जा । ‎ ‎त्यसपछि ‎हार खाएर लुरुलुरु फर्किन्छ ‎मृत्युको ब्रह्मास्त्र पनि ! ‎ ‎नवीन प्यासी भने ‎ऐनामा हेर्दै हाँसेको सेल्फी खिच्दछ ‘खिचिक्क !’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
1w ago
नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

काठमाडौं । पहाडी क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न सहर विकास गरी बसाइँसराइ रोक्ने उद्देश्यले सरकारले अघि बढाएको नयाँ सहर निर्माणको योजना बजेट अभावका कारण प्रतिवेदनमै सीमित भएको छ ।

#सहर
Compare →
Nagarik News
3d ago
विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

#सहर
Compare →
Setopati
5d ago
तिहारमा झलमल्ल काठमाडौं सहर, हेर्नुहोस् तस्बिरहरू

तिहारमा झलमल्ल काठमाडौं सहर, हेर्नुहोस् तस्बिरहरू

तिहार लागेसँगै काठमाडौं उपत्यकासहित देशभरका सहरमा झिलिमिली बत्तीको रौनक छाएको छ।

#सहर
Compare →
Arthasansar
2w ago
तीन वर्षभित्र सक्नेगरी ८ सहरमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसक्यौँ - मन्त्री लम्साल

तीन वर्षभित्र सक्नेगरी ८ सहरमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसक्यौँ - मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसकेको बताएका छन् । आजदेखि सुरु...

#सहर
Compare →
Ekantipur
2w ago
देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल

देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

#सहर
Compare →
Bizshala
2w ago
एनपीएलको रोमाञ्च अब आफ्नै सहरमा, एक्स्ट्रीमका १० फ्यान जोनमा निःशुल्क खेल हेर्न पाइने

एनपीएलको रोमाञ्च अब आफ्नै सहरमा, एक्स्ट्रीमका १० फ्यान जोनमा निःशुल्क खेल हेर्न पाइने

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न मैदानमै पुग्न नसक्ने क्रिकेटप्रेमीले अब आफ्नै सहरमा ठूलो...

#सहर
Compare →

Related Stories

World News
Build #2611