Trending
Prev Story
Next Story

तीन वर्षभित्र सक्नेगरी ८ सहरमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसक्यौँ - मन्त्री लम्साल

Arthasansar •
October 26, 2026 • 11:02 AM
1
1 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसकेको बताएका छन् । आजदेखि सुरु...

तीन वर्षभित्र सक्नेगरी ८ सहरमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसक्यौँ - मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइसकेको बताएका छन् । आजदेखि सुरु हुने एनपीएलको शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको जानकारी गराए ।

उनले भनेका छन्, ‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। होम एन्ड अवे’ आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइट सहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ ।’

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएको बताए। उनले क्रिकेट सङ्घ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#पूर्वाधार #लम्साल
Compare →
Ekantipur
3d ago
यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।

#क्रिकेट
Compare →
Nagarik News
3d ago
विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

#सहर
Compare →

Related Stories

Politics & Governance
Build #2611