Trending
Prev Story
Next Story

मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

Onlinekhabar •
November 05, 2026 • 08:30 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन …

मेलमिलापबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छ : उपमेयर शाक्य

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै उनले मेलमिलापबाट भएका सहमति कार्यान्वयनमा जटिलता रहेको बताइन् ।

मेलमिलापबाट विवाद टुङ्गिए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै अदालतको फैसलासरह मेलमिलापबाट भएका सहमतिलाई पनि कानूनी मान्यता र कार्यान्वयनको सुनिश्चितता दिनुपर्ने बताइन् ।

‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले मेलमिलापलाई विवाद समाधानको महत्त्वपूर्ण माध्यम माने पनि कार्यान्वयनमा अझै केही कानुनी अस्पष्टता छन् । ललितपुर महानगरपालिकाले आफ्नै कार्यविधि बनाएर एउटा केन्द्रिय र २९ वटा वडा मेलमिलाप केन्द्र सञ्चालन गर्दै आएको छ । करिब ३५० जना मेलमिलापकर्ता तयार गरी नियमित तालिम तथा परिचालन गरिरहेका छौं,’ उनले जानकारी दिइन् ।

यसो भएमा मेलमिलाप प्रक्रियाप्रति नागरिकको विश्वास र सम्मान बढ्ने उनको भनाइ छ । शाक्यले स्थानीय तहमा मेलमिलापसम्बन्धी कानूनको कार्यान्वयनमा स्पष्टता अभाव रहेको पनि बताइन् । स्थानीय सरकारले आफ्नै कार्यविधि र नियमावली बनाएर मेलमिलाप प्रक्रिया सञ्चालन गर्नसक्ने व्यवस्था भएअनुसार ललितपुर महानगरपालिकाले मेलमिलापसम्बन्धी कार्यविधि निर्माण गरी लागू गरेको उनले जानकारी दिइन् ।

‘२९ वटै वडामा कानूनी तथा मेलमिलापसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी करिब ३० देखि ३५ हजार नागरिकलाई सचेत बनाएका छौं । यसबाट धेरै विवाद स्थानीय स्तरमै समाधान गर्न सहयोग पुगेको छ । यद्यपि, मेलमिलापबाट भएका सहमति कार्यान्वयनमा चुनौती छन्,’ उनले भनिन्, ,’ उनले भनिन्, ‘त्यस्ता सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कानुनी व्यवस्था स्पष्ट हुन आवश्यक छ ।’

महानगरपालिकाले केन्द्रीय स्तरमा एउटा र २९ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालन गरिरहेको छ । महानगरपालिकाले हालसम्म करिव ३५० जना मेलमिलापकर्ता तयार गरेको छ । मेलमिलापकर्तालाई वर्षमा एकपटक अद्यावधिक तथा उन्नत तालिमसमेत प्रदान गर्दै आएको उनले बताइन् ।

मेलमिलापकर्ताको आचारसंहिता निर्माण गरी परिचयपत्रको व्यवस्था गरिएको र उनीहरूको पारिश्रमिकसमेत कार्यविधिमार्फत निर्धारण गरिएको शाक्यले बताइन् । उनका अनुसार मेलमिलापकर्ताले एउटा बैठकमा ७५० रुपैयाँ पाउने र तीनवटासम्म बैठक बस्न सक्ने व्यवस्था छ । विवाद मेलमिलापबाट टुङ्गिएमा थप एक हजार रुपैयाँसहित कुल तीन हजार रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
नेपाल हाउस विवाद समाधानको लागि आईसीसी र एनसीसीका नेतृत्वबीच संवाद

नेपाल हाउस विवाद समाधानको लागि आईसीसी र एनसीसीका नेतृत्वबीच संवाद

काठमाडौं । जापानमा नेपाल हाउस निर्माणका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रियालाई लिएर देखिएको विवाद र असमझदारी समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका नेतृत...

#विवाद #समाधान
Compare →
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#विवाद
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →
Ekantipur
1d ago
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

#समाधान
Compare →

Related Stories

National (Nepal)
Build #2612