Trending
Prev Story
Next Story

विद्युत बिक्री घट्दा माथिल्लो मैलुङ घाटामा, वित्तीय लागत मात्रै ३.१६ करोड

Bizshala •
November 05, 2026 • 07:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।कम्पनीले...

विद्युत बिक्री घट्दा माथिल्लो मैलुङ घाटामा, वित्तीय लागत मात्रै ३.१६ करोड

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ८७ लाख ५६ हजार ९७० रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख ७६ हजार ८०३ रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्रीबाट भने कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ५७ लाख १८ हजार २०९ रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विद्युत बिक्रीबाट १४ करोड ७८ लाख ५९ हजार ४५६ रुपैयाँ आम्दानी भएको थियो।

कम्पनीको सञ्चालन खर्च १ करोड २१ लाख १६ हजार ५९४ रुपैयाँ रहेको छ। प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३३ लाख ५८ हजार १६१ रुपैयाँ रहेको छ।

त्यस्तै मूल्यह्रास तथा अमोर्टाइजेसन खर्चसमेत उच्च रहेको छ। पहिलो त्रैमासमा कम्पनीले करिब २ करोड ६९ लाख ९० हजार रुपैयाँ अमोर्टाइजेसन खर्च देखाएको छ।

कम्पनीको वित्तीय लागत ३ करोड १६ लाख १० हजार ६५६ रुपैयाँ पुगेको छ। उच्च वित्तीय लागत तथा विद्युत बिक्री आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा दबाब परेको देखिन्छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ०.८८ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा प्रतिशेयर आम्दानी ११.१४ रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.७२ रुपैयाँ रहेको छ। त्यस्तै चालु अनुपात १.७० रहेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने कुल इक्विटी ९९ करोड ७२ लाख १९ हजार ४०८ रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ५६ लाख ३१ हजार ५२४ रुपैयाँ ऋणात्मक छ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब १३ करोड ३४ लाख ६२ हजार ९९४ रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण १ अर्ब ९१ करोड ३४ लाख ५७ हजार १४५ रुपैयाँ रहेको छ।

कम्पनीले वित्तीय विवरणमा गत भदौ १० गतेदेखि भारी वर्षाका कारण त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनमा बाढीले क्षति पुर्याएपछि विद्युत गृह बन्द रहेको उल्लेख गरेको छ। प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि विद्युत उत्पादन र बिक्री प्रभावित भएको कम्पनीको भनाइ छ।

क्षतिको यकिन वित्तीय प्रभाव अझै निर्धारण हुन नसकेको कम्पनीले उल्लेख गरेको छ। नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी वैकल्पिक इन्टरकनेक्सनमार्फत विद्युत उत्पादन पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको कम्पनीले जनाएको छ।

माथिल्लो मैलुङ खोला जलविद्युतले १४.३ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

#बिक्री #मात्रै
Compare →
Hamro Patro News
5d ago
तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् । कार्तिक २२, २...

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2611