Trending
Prev Story
Next Story

अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

Ekantipur •
November 05, 2026 • 07:32 AM
1
1 reads 0 reactions

संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएसँगै ट्रम्पका कदमहरुमाथि भविष्यमा अंकुश लाग्ने देखिन्छ

अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएसँगै ट्रम्पका कदमहरुमाथि भविष्यमा अंकुश लाग्ने देखिन्छ

काठमाडौँ — मंगलबार सम्पन्न संसदीय निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट) दुबैमा बहुमत ल्याएको छ । दुई वर्षअघि राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पले भारी मत ल्याएका क्षेत्रहरुमै यसपटक उनको रिपब्लिकन पार्टीका उम्मेदवारहरु पछाडि परे ।

विगत दुई वर्षदेखि सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत रहेको संसद्मा यससँगै डेमोक्रेट्सको वर्चस्व कायम भएको छ ।

डेमोक्रेटिक पार्टीले चुनावका क्रममा ट्रम्पका  विवादास्पद कदममा अंकुश लगाउन नसकेको आरोप रिपब्लिकन उम्मेदवारहरुमाथि लगाएका थिए ।

इरान युद्ध सुरु गर्नबाट ट्रम्पलाई रोक्न रिपब्लिकनहरु असफल भएको उनीहरुको आरोप थियो । यता, ट्रम्पले आफ्नो नेतृत्वमा निकै उत्कृष्ट कामहरु भइरहेको तर्क गरेका थिए ।

अन्ततः ट्रम्पको कार्यकालको सुरुवाती दुई वर्षको जनमतसंग्रह सरह मानिएको यस निर्वाचनमा उनको रिपब्लिकन पार्टी नराम्ररी पराजित भयो । संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएसँगै ट्रम्पका कदमहरुमाथि भविष्यमा अंकुश लाग्ने देखिन्छ ।

इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गर्नुअघि ट्रम्पले संसद्को अनुमति लिएका थिएनन् । त्यसबेलादेखि नै डेमोक्रेट्सले संसद्को स्वीकृति बिना नै राष्ट्रपतिले थालेको लडाइँ अवैध रहेको बताउँदै आएका छन् ।

केही रिपब्लिकन सांसद्हरुकै सहयोग लिएर डेमोक्रेट्सले प्रतिनिधिसभाबाट युद्ध रोक्ने विधेयक पनि पारित गरेका थिए । तर, सिनेटमा पुगेर यो विधेयक अड्कियो ।

अब नयाँ प्रभावसँगै डेमोक्रेट्सले युद्ध जारी राख्नका लागि संसद्बाट अनुमति लिन ट्रम्पलाई दबाब दिनेछ । ट्रम्पलाई अब जथाभावी इरानमा आक्रमण गर्न सहज हुनेछैन ।

रक्षा बजेट कटौती गर्न, मन्त्रिपरिषद् तथा अन्य उच्च पदका लागि ट्रम्पले गरेका सिफारिसहरू रोक्न पनि संसद्ले सक्नेछ ।

युरोपमा रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनलाई दिइँदै आएको प्रत्यक्ष आर्थिक र सैन्य सहयोग ट्रम्पले ठूलो मात्रामा रोक्का गरेका छन् ।

यद्यपि, अमेरिकी संसद्मा डेमोक्रेट र रिपब्लिकन दुवै दलका सांसदहरू अमेरिकी सहयोगको पक्षमा देखिएका छन् ।

केही समयअघि मात्रै रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रुपमा हटाउने निर्णय ट्रम्पले गरेका छन् । जबकि, उनले रुसी ऊर्जामाथिको प्रतिबन्ध कानुनमा हस्ताक्षर भएको धेरै समय बितेको थिएन । यस निर्णयले संसद्मा ट्रम्पसँग आफ्नै रिपब्लिकन सांसद्हरु पनि रुस्ट छन् ।

डेमोक्रेटिक संसद्हरुले आगामी जनवरीसम्म पदभार सम्हाल्नेछन् । दुबै सदनमा बहुमत पुगेसँगै उनीहरुले  कुन विधेयकमाथि कहिले मतदान गर्ने भन्ने विषय  निर्धारण गर्न सक्नेछन्।

यसले युक्रेनका लागि नयाँ सहायता अनुमोदन गर्न बाटो खोल्नेछ । रिपब्लिकन सांसद्हरुको समेत समर्थन जुटाएर ट्रम्पको भिटो (अस्वीकारोक्ति अधिकार) लाई समेत पन्छाउनेगरी दुई–तिहाइ बहुमतका साथ यो सहायता पारित हुन सक्नेछ ।

किभलाई सहयोग गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको डेमोक्रेट्सका सहयोगीहरूले बताएका छन् ।

३. इजरायललाई दिइने सैन्य सहायतामा अन्त्य

गाजा युद्धमा इजरायलको भूमिकाका कारण त्यहाँ हजारौं प्यालेस्टिनी नागरिकहरूको ज्यान गइसकेको छ । जसकारण, डेमोक्रेट्स पार्टीसँग इजरायलको सम्बन्ध चिसिएको छ ।

इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकमा जारी हिंसा र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको ट्रम्पको घनिष्ठ गठबन्धन डेमोक्रेटिक पार्टी चिढिनुका अन्य कारण हुन् ।

डेमोक्रेट्सले यसभन्दा अघि बढेर इजरायललाई प्रदान गरिने सैन्य सहायता सीमित गर्ने वा पूर्ण रूपमा बन्द गर्ने कदम चाल्न सक्नेछन् ।

इजरायलले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि सुरु भएको विनाशकारी गाजा अभियानयता वार्षिक ३.८ अर्ब डलरको आधारभूत सहायताका साथै अन्य अर्बौं डलरको सैन्य सहयोग अमेरिकाबाट प्राप्त गर्दै आएको छ ।

ट्रम्प आफैंले निर्वाचनको दिन इजरायललाई दिदैं आएको आर्थिक सहयोग कटौती  हुने अभिव्यक्ति दिएका थिए । निर्वाचनको हारको दोष पनि ट्रम्पले इजरायलसँगको सम्बन्धलाई नै मानेका छन् ।

इजरायलले इरान युद्धको सही आँकलन गर्न नसकेको र यसले विश्वव्यापी मूल्यवृद्धिसँगै अमेरिकीहरुको जनजीवनमा पनि असर गरेको ट्रम्पको तर्क छ ।

यसरी, डेमोक्रेटिक र रिपब्लिकन पार्टी दुबै असन्तुष्ट भएकाले इजरायललाई आगामी दिनमा अमेरिकाबाट सैन्य सहयोग लिन कठिन हुनसक्छ ।

केही महिनाअघि मात्रै तल्लो सदनका करिब आधा डेमोक्रेट्स सांसदहरूले इजरायलको सहायता रोक्ने पक्षमा मतदान गरेका थिए ।

त्यसको विपक्षमा मतदान गरेका ग्रेगरी मिक्सजस्ता केही नेताहरूले पनि इजरायललाई भारी बम जस्ता घातक हतियार आपूर्तिमा सीमा लगाउनुपर्ने वकालत गर्दै आएका छन् ।

४. सैन्य खर्चमा कटौती र वैदेशिक सहायताको पुनःस्थापना

रिपब्लिकनहरुको तुलनामा डेमोक्रेट्सले सैन्य खर्चमा सीमा लगाउने सम्भावना धेरै बढी छ । ट्रम्पले यस वर्षको सैन्य बजेट ६७ प्रतिशतले बढाएर १.५ ट्रिलियन डलर पुर्‍याउन माग गरेका थिए, तर इरान युद्धबारे संसद्सँग परामर्श गर्न अस्वीकार गरेको र सामाजिक कार्यक्रमहरूको बजेट भारी रूपमा कटौती गरेको भन्दै डेमोक्रेट्सले सिनेटमा यो प्रस्ताव असफल बनाएका थिए ।

संसद्ले स्वीकृत गरेको अर्बौं डलरको वैदेशिक सहायता पनि ट्रम्पले रोक्का वा रद्द गरेका छन् । यी कटौतिहरूले धेरै डेमोक्रेट्सलाई आक्रोशित बनाएको छ ।

उनीहरूले यो कोष पुनःस्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतमा डेमोक्रेटस् र रिपब्लिकन पार्टी जो आउँदा पनि वैदेशिक सहायताबारे अमेरिकाको धारणा एउटै थियो । तर, दोस्रो कार्यकाल ट्रम्प निर्वाचित भएपछि वैदेशिक सहायता बन्द गर्न थाले ।

ट्रम्पले ७ जनवरी २०२६ मा ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरुबाट अमेरिका बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका थिए । राष्ट्रसंघअन्तर्गतका ३१ निकाय र राष्ट्रसंघ बाहिरका ३५ वटा स्वतनत्र निकाय यसमा पर्छन् ।

५. ल्याटिन अमेरिका नीतिमाथि थप कडा छानबिन

ट्रम्प पश्चिमी गोलार्धमा धेरै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् ।

भेनेजुएलामा आक्रमण गरेर त्यहाँ राष्ट्रपति निकोलास मदूरोलाई पक्राउ र पदच्युत गर्ने तथा त्यहाँका तटीय क्षेत्रहरुमा डुंगालाई लक्षित गरेर घातक आक्रमण गर्ने कदमले यस्तो पुष्टि गरिसकेको छ ।

उनले क्युबाको कम्युनिष्ट सरकारलाई कमजोर पार्ने प्रयास निरन्तर गरिरहेका छन् । त्यहाँ सत्ता परिवर्तनका लागि सैन्य कारबाहीको धम्की दिँदै आएका छन् ।

त्यस्तै, कडा प्रतिबन्धहरू पनि लगाएका छन्। साथै, अमेरिकी प्रशासनले होन्डुरस, अर्जेन्टिना, कोलम्बिया र ब्राजिलका निर्वाचनहरूलाई प्रभावित पार्ने प्रयाससमेत गरेको छ ।

केही डेमोक्रेट्स नेताहरूले भेनेजुएलामा ट्रम्पको कारबाहीबारे छानबिन र संसदीय सुनुवाइको माग गरेका छन् । त्यस्तै, केहीले क्युबाका निर्दोष नागरिकलाई दण्डित गर्ने क्रूर प्रतिबन्धहरूको विरोध गरिरहेका छन् । विदेशी चुनावहरुमा अनुचित हस्तक्षेप नगर्न केहीले सचेत गराएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धप्रतिको ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि निर्वाचनमा र...

#ट्रम्प #परिवर्तन
Compare →
Nagarik News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

#अमेरिका #नीतिमा
Compare →
Onlinekhabar
1d ago
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

२६ कात्तिक, अन्ताल्या (टर्किए)। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्। टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन्। परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित …

#परराष्ट्र #परिवर्तन
Compare →

Related Stories

World News
Build #2611