Trending
Prev Story
Next Story

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

Arthasansar •
November 05, 2026 • 06:34 AM
1
1 reads 0 reactions

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय...

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिसम्ममा कम्पनीको नाफा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो । नाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ६ लाख रुपैयाँ रहेको छ । गत वर्षको पहिलो त्रैमासिकमा यस्तो आम्दानी २ करोड ६२ लाख रुपैयाँ थियो । आम्दानी बढे पनि खर्चमा भएको वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कच्चा पदार्थ उपभोग खर्च १ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ७ करोड १ लाख रुपैयाँ थियो ।

त्यस्तै, कर्मचारी खर्च १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कर्मचारी खर्च १७ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको अन्य खर्च पनि बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो । कम्पनीको कुल खर्च चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
13h ago
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

#नाफा #आम्दानी #प्रतिशतले
Compare →
Ekantipur
7h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
5d ago
भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट

भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई प्राप्त हुने चन्दा रकममा करिब ७५ प्रतिशतको ठुलो गिरावट आएको छ । निर्वाचन आयोगमा पार्टीले बुझाएको विवरणअनुसार २०२५/२६ मा पार्ट...

#गिरावट #प्रतिशतले
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#प्रतिशतले #घट्यो
Compare →

Related Stories

National (Nepal)
Build #2611