भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई चित्रकला सिकाएर तीन दिनको बसाइपछि राजधानी फर्कने तरखरमा रहेका कलाकार अजय देसारलाई शिविरमा बस्ने चार वर्षीय बालिकाले “अङ्कल नजानु न” भनेर हात समाएको पलले निकै भावुक बनायो ।
कलाकार देसारले भन्नुभयो, “शिविर व्यवस्थापनमा खटिएका स्वयंसेवकको कुरा गर्दा त्यहाँ बस्ने साना बालबालिका राति सुत्न नसक्ने, चिच्याउने, झस्किने सुतेकै अवस्थामा जुरुक्क उठेर रुनेलगायतका व्यवहार गरिरहेका थिए । हामी त्यहाँ बसुन्जेल योङ पिकासोमा आबद्ध साथीहरू मिलेर उनीहरूसँग साथीको व्यवहार गर्ने कोसिस गर्यौँ । मैले सानालाई बोक्ने, घोडा बनेर खेल्नेलगायतका व्यवहार गरेर उनीहरूको मुहारमा हाँसो ल्याउने कोसिस गरेकाले पनि होला; ती नानीलाई हामीले छोडेर जाने कुरा मन नपरेर मेरो हात समाउन आइन् ।”
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )