Trending
Prev Story
Next Story

भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

Ekantipur •
November 07, 2026 • 12:01 PM
1
1 reads 0 reactions

फाउन्डेसनका सञ्चालक पेम्बा तेञ्जिङ शेर्पाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाउँदै चेक नमुना गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

फाउन्डेसनका सञ्चालक पेम्बा तेञ्जिङ शेर्पाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाउँदै चेक नमुना गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

लमजुङ — शेर्पा फाउन्डेसनले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनका सञ्चालक पेम्बा तेञ्जिङ शेर्पाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाउँदै चेक नमुना गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा पर्यटन व्यवसायी फुरी शेर्पा, ल्हाक्पा नुरु शेर्पा, कलाकार एन्सर्ज गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य बालकाशी गुरुङलगायत उपस्थित थिए ।

सन् २०१५ मा अमेरिकाको कोलोराडोमा स्थापना भएको शेर्पा फाउन्डेसनले नेपालमा हुने विभिन्न प्राकृतिक विपद्का बेला राहत तथा पुनःस्थापनाका काम गर्दै आएको छ । २०७२ को भूकम्पपछि फाउन्डेसनले प्रभावित क्षेत्रमा घर पुनर्निर्माण तथा मर्मतसम्भारमा सहयोग गरेको थियो ।

भूकम्पपछि फाउन्डेसनले २३ वटा घर पुनर्निर्माण गर्नुका साथै १ सय ४० भन्दा बढी घर मर्मत तथा पुनःनिर्माणमा सहयोग गरेको थियो । यस्तै, प्रभावित क्षेत्रमा गुम्बा पुनर्निर्माणलगायत सामाजिक कार्यमा समेत आर्थिक सहयोग पुर्‍याएको फाउन्डेसनले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #राहत #बाढीपीडित
Compare →
Hamro Patro News
1w ago
भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ । बाढी प्रभावित क्षेत्रका...

#बाढी-पहिरो #भोटेकोशी #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2611