जिल्ला भलिबल संघ प्यूठानले भलिबल खेलाडी छनोट गरेको हो ।
काठमाडौँ — कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भलिबल खेलाडी छनोट गरिएको छ ।
जिल्ला भलिबल संघ प्यूठानले महिला तथा पुरुष भलिबल खेलाडी छनोट गरेको हो । १८ जना पुरुष र १५ जना महिला खेलाडी छनोट गरिएको जिल्ला भलिबल संघ प्यूठानका महासचिव प्रदीप शाहीले जानकारी दिए ।
पुरुषतर्फ शरद थापामगर र महिलातर्फ रेखा राउत क्षेत्रीको कप्तानीमा टोली घोषणा गरिएको हो । पुरुषतर्फ विकास गिरी, राजेश परियार, वीरबहादुर बिटालु, अर्जुन सुनार, आकर्षण केसी, हिमार कुँवर, गोपाल पुन, रितिक गाहा, सचिन बि.क., बिराज पुरी र सरमन थापा छनोट भएका हुन् । यस्तै, मनोज जिसी, रबिन घर्ती, तुलवीर पुन, महादेव बुढामगर, सुजल न्यौपाने र प्रमोद बि.क.लाई वैकल्पिक खेलाडीका रूपमा छनोट गरिएको संघले जनाएको छ ।
यस्तै, महिलातर्फ कप्तान रेखा राउत क्षेत्रीसहित बन्दना बिष्ट, राधिका पुन, गीता पुन, सावित्रा राना, लक्ष्मी सुनार, प्रेमली घर्ती, सृजना सड्का, सरिता परियार, प्रतिमा रोका, दुर्सना थापा र शिक्षा बस्नेत रहेका छन् । वैकल्पिकतर्फ उर्मिला भण्डारी, शुसिला बुढामगर र सुकुमाया पुन रहेको संघका महासचिव शाहीले बताए ।
शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।