Trending
Prev Story
Next Story

खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

Ekantipur •
November 05, 2026 • 02:01 AM
1
1 reads 0 reactions

खोटेहाङ–६ की २२ वर्षीया लक्ष्मी थापालाई सुत्केरी व्यथा लागेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुधबार काठमाडौं लगिएको थियो।

खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

खोटेहाङ–६ की २२ वर्षीया लक्ष्मी थापालाई सुत्केरी व्यथा लागेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुधबार काठमाडौं लगिएको थियो।

खोटाङ — सुत्केरी व्यथा लागेको एक गर्भवती महिलाको उद्धार गरिएको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका मिनबहादुर खत्रीकी श्रीमती २२ वर्षीया लक्ष्मी थापाको बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत थापाको उद्धार गरिएको इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले बताए । उनले थापाथलीस्थित परोपकार प्रसूतिगृहमा शल्यक्रियामार्फत जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । सुत्केरी व्यथा लागेपछि मंगलबार राति इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भर्ना गरिएको थियो ।

बच्चाको तौल सामान्य अवस्थाको भन्दा कम भएकाले रेफर गरिएको राईले बताए । शल्यक्रिया गरेर निकालिएका बच्चाको तौल कम भएकाले भेन्टिलेटरमा राखिएको छ । आमाको अवस्था भने सामान्य रहेको राईको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो। कार्तिक २०, २०८३ ज्योति कटु...

#सुत्केरी #उद्धार #महिलाको
Compare →
Onlinekhabar
1w ago
सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको …

#सुत्केरी #उद्धार
Compare →
Nagarik News
13h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार #गर्भवती
Compare →

Related Stories

Australia & Pacific
Build #2611