Trending
Prev Story
Next Story

सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

Onlinekhabar •
November 06, 2026 • 08:01 AM
1
1 reads 0 reactions

२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको …

सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि प्रार्देशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले जानकारी दिइन्।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी शुक्रबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको बोहराले बताइन्। व्यथा लागेकी लामालाई रगतको अभाव हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिए।

यस्तै नेपाली सेनाको हेलिकोप्टरको खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमले बेहोर्दै आइरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो। कार्तिक २०, २०८३ ज्योति कटु...

#सुत्केरी #दिनपछि #बेथा
Compare →
Ekantipur
1w ago
खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको उद्धार

खोटेहाङ–६ की २२ वर्षीया लक्ष्मी थापालाई सुत्केरी व्यथा लागेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुधबार काठमाडौं लगिएको थियो।

#सुत्केरी #उद्धार
Compare →
Nagarik News
1w ago
हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ।

#सेना #उद्धार
Compare →

Related Stories

Technology
Build #2611