Trending
Prev Story
Next Story

इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति

Ekantipur •
November 05, 2026 • 02:01 AM
1
1 reads 0 reactions

ट्रम्पका अनुसार इरान युद्धपछि बढेको इन्धन मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमायो।

इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति

ट्रम्पका अनुसार इरान युद्धपछि बढेको इन्धन मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमायो।

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको भूमिका रहेको स्वीकार गरेका छन् ।

रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई 'धेरै हदसम्म सत्य' भनेकाे बीबीसी ले बताएकाे छ ।

भान्सले इरान युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा ठूलो क्षति बेहोरेको बताएका थिए । ट्रम्पले भने युद्धका कारण इन्धनको मूल्य बढ्नु नै पराजयको प्रमुख कारण रहेको बताए ।

दोस्रो कार्यकालको प्राथमिकतामध्ये एक रहेको ह्वाइट हाउसको नयाँ बलरुम निर्माणस्थलबाट ट्रम्पले बिहीबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले निर्वाचन परिणामबारे केही बोलेनन् । तर, त्यसपछि पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले निर्वाचन र सरकारका आगामी कामबारे धारणा राखे ।

रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने कुनै योजना नरहेको पनि ट्रम्पले स्पष्ट पारे । हेगसेथले 'निकै राम्रो काम' गरिरहेको उनको भनाइ थियो ।

डेमोक्र्याटहरूसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए । तर, उनीहरूले अवरोध सिर्जना गर्ने खालको भूमिका खेल्न नहुने उनको सर्त थियो । डेमोक्र्याटहरूले ल्याउने विधेयक रोक्ने अधिकार भने आफूसँग सुरक्षित रहेको उनले उल्लेख गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

काठमाडौं - मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षात्मक बनेका छन् । उनले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अप...

#ट्रम्प #इरान #युद्ध
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #युद्ध #इरान
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान
Compare →
Onlinekhabar
14h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#ट्रम्प #इरान
Compare →
Nagarik News
16h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प #इरान
Compare →

Related Stories

Politics & Governance
Build #2611