नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग तीव्र रूपमा बढ्दै गएको छ । कुनै समय हैजा, झाडापखाला, औलो र क्षयरोग जस्ता सरुवा रोग नियन्त्रणलाई प्रमुख स्वास्थ्य चुनौती मानिने नेपालमा पछिल्लो समय मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह र मिर्गौला रोग जनस्वास्थ्यका प्रमुख समस्याका रूपमा देखिएका छन् । बदलिँदो खानपान, शारीरिक निष्क्रियता, धूमपान, वायु प्रदूषणलगायत कारणले मानिसमा रोगको भार बढाउँदै लगेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अध्ययनले नसर्ने रोगको बढ्दो भारलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा औँल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा भएका कुल मृत्युमध्ये ६४.५ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अनुमान छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/८२ का अनुसार सन् २०२३ मा कुल मृत्युको ७०.२ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )