Trending
Prev Story
Next Story

रेल सेवा व्यवस्थित गर्न माग

Onlinekhabar •
November 05, 2026 • 01:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक …

रेल सेवा व्यवस्थित गर्न माग

१९ कात्तिक, जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो ।

अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ ।

रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मालवाहक ढुवानी सेवा सञ्चालन गर्न अभियानले ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा स्तरोन्नति गरी २०७८ साल चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्र...

#जनकपुरधाम #रेल
Compare →
Ekantipur
5d ago
इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

#रेल
Compare →

Related Stories

Technology
Build #2611