Trending
Prev Story
Next Story

इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

Ekantipur •
November 08, 2026 • 04:32 PM
1
1 reads 0 reactions

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

काठमाडौँ — इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।

इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार अहिलेसम्म चार यात्रुको मृत्यु भएको छ भने अन्य ८८ जनालाई गिजा क्षेत्र वरपरका अस्पतालमा उपचारका लागि पठाइएको छ । सरकारी मिडियाले यसअघि १२० जना घाइते भएको बताएका थिए । सिन्ह्वा न्युज एजेन्सीले कम्तीमा ६० जना घाइते भएका जनाएको थियो ।

राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनालाई आफूले निकै चासोका साथ नियालिरहेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले घटनामा लापरबाही गरेको पाइएमा जो कोहीलाई पनि जवाफदेही बनाउन तत्काल अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

आपतकालीन कर्मचारीहरूले क्रेनको सहयोगमा भग्नावशेष हटाउन जुटिरहेको रेल यातायात प्राधिकरणले जानकारी दिएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन्। यो इजिप्टको सबैभन्दा खराब रेल दुर्घटनास्थल गिजाको अल–आयत क्षेत्रमा भएको हो । सन् २००२ मा कायरोको दक्षिणमा बिदा मनाउन यात्रु बोकेको रेलमा आगलागी हुँदा ३७० भन्दा बढीको मृत्यु भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#मृत्यु #दुर्घटना #जनाको
Compare →
Hamro Patro News
15h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#मृत्यु #जनाको #घाइते
Compare →
Nagarik News
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #जनाको #घाइते
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →

Related Stories

World News
Build #2611