प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछाने भेटघाट नगर्ने पनि होइनन् । छलफलमा नबस्ने पनि होइनन् । तर न निर्णय न त अभिव्यक्ति, केहीमा पनि एकरूपता भेटिँदैन ।
काठमाडौँ — सरकारभित्र र सरकारबाहिर, राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले फरक फरक आवाज सुनिन थालेको छ । सरकार एउटा कदम चाल्छ, पार्टीले विरोधमा विज्ञप्ति निकाल्छ । प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछाने भेटघाट नगर्ने पनि होइनन् । छलफलमा नबस्ने पनि होइनन् । तर न निर्णय न त अभिव्यक्ति, केहीमा पनि एकरूपता भेटिँदैन । हुँदा हुँदा प्रहरी महानिरीक्षक फेर्ने विषयमा त दिउँसो सरकारका प्रवक्ताको एकथरी भनाइ आयो, साँझ पार्टीका प्रवक्ताको अर्कैथरी । सरकार र सत्तारुढ दलबीच दूरी यसैगरी बढ्दै गयो भने यसले कतिसम्म संकट निम्त्याउँछ ? अनि विगतमा सरकार ढल्नेसम्मको घटना भएका छन् । ती कहिले कहिले भएका थिए र कस्ता थिए ? इतिहासका ती कठिन राजनीतिक मोडहरूका बारेमा प्रकाश बमको रिपोर्टिङ।
प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।