Trending
Prev Story
Next Story

दसैंतिहार उपलक्ष्यमा ‘बन्दीपुर फेस्ट’ हुने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२७ असोज, काठमाडौं । चाडबाड अवसर पारेर तनहुँ बन्दीपुरमा महोत्सव आयोजना हुने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिल्सले दसैंतिहार बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने बताएको छ । महोत्सवमा मौलिक स्थानीय परिकार, …

दसैंतिहार उपलक्ष्यमा ‘बन्दीपुर फेस्ट’ हुने

२७ असोज, काठमाडौं । चाडबाड अवसर पारेर तनहुँ बन्दीपुरमा महोत्सव आयोजना हुने भएको छ ।

बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिल्सले दसैंतिहार बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने बताएको छ ।

महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश हुनेछन् । बन्दीपुर केबुलकारको लोअर स्टेसनमा ९ दिने फुड फेस्टिभल आयोजना गरिने छ । स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुति समेत समेटिएको कम्पनीले जनाएको छ ।

बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन केबुलकार, जिपलाइन, स्काई साइक्लिङ लगायत अनुभव तथा गतिविधि आयोजना गरिने फेस्टको पहिलो चरणमा २८ असोजदेखि १ कात्तिकसम्म महोत्सव आयोजना गरिने छ ।

दोस्रो चरणमा ७ देखि १० कात्तिकमा महोत्सव हुनेछ । दसैंतिहार अभियान अन्तर्गत बन्दीपुर हिल्सले प्रमुख पदमार्ग र विभिन्न स्थानमा रहेका पर्यटन साझेदार मार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने भएको छ ।

बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडका बजार प्रबन्धक विभु गौतमका अनुसार बन्दीपुर हिल्सलाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसाथ महोत्सव आयोजना गर्न लागिएको हो ।

कार्यक्रम संयोजक सुरज राईका अनुसार कार्यक्रम सबैका लागि खुला हुनेछ भने प्रवेश नि:शुल्क गरिने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्त...

#आयोजना #महोत्सव
Compare →
Nagarik News
21h ago
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#बन्दीपुर
Compare →

Related Stories

Technology
Build #2611