काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ ।
सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिन अवधिको तालिमको पहिलो पाइलटिङ ब्याच सम्पन्न भएको हो ।
Read full story at source ( baahrakhari.com )