Trending
Prev Story
Next Story

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

Onlinekhabar •
November 04, 2026 • 12:31 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ । सरकारको १०० दिने कार्यसूचीमा प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले …

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

१८ कात्तिक, काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ ।

सरकारको १०० दिने कार्यसूचीमा प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिन अवधिको तालिमको पहिलो पाइलटिङ ब्याच सम्पन्न भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

तालिम २०८३ असोज ७ देखि ३० गतेसम्म पहिलो चरण र कात्तिक ९ देखि १८ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।

विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा सम्पन्न तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, कर्णाली प्रदेश, सुर्खेतका चार/चार जना गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए ।

बुधबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ । नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल ३ को जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पु¥याउने मन्त्रालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

काठमाडौं । जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ । सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवाक...

#जलन #उपचार #तालिम
Compare →
Nagarik News
1w ago
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

#जलन #उपचार
Compare →
Ekantipur
1w ago
मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा

मेल्लेखको आधारभूत अस्पताल एक वर्षदेखि बन्द, बर्थिङ सेन्टर एक स्वास्थ्यकर्मीको भरमा

स्थानीय तहले सञ्चालनमा ल्याएको अस्पतालमा डाक्टर, नर्स र प्राविधिक हटेपछि वृद्धवृद्धासहित सर्वसाधारण उपचारका लागि फेरि जिल्ला अस्पताल धाउन बाध्य छन्।

#उपचार #स्वास्थ्यकर्मी
Compare →
Bizshala
1w ago
सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न...

#तालिम
Compare →

Related Stories

Health & Wellness
Build #2611