Trending
Prev Story
Next Story

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

Onlinekhabar •
November 04, 2026 • 04:30 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी …

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

१८ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल सरकारलाई कृतज्ञता व्यक्त गरे ।

उनले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु आफ्नो प्राथमिकता रहेको बताए ।

संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
समाचारमा जस्तै जीवनमा पनि डेडलाइन आवश्यक छ : मोदी

समाचारमा जस्तै जीवनमा पनि डेडलाइन आवश्यक छ : मोदी

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले न्यूजरुममा कुनै पनि काम असम्भव नमानिने बताए।

#आवश्यक #बताए
Compare →
Hamro Patro News
3d ago
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् ...

#बताए #कात्तिक
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#आवश्यक
Compare →

Related Stories

National (Nepal)
Build #2611