Trending
Prev Story
Next Story

देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई

Onlinekhabar •
November 04, 2026 • 04:31 PM
1
1 reads 0 reactions

१८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोटाङको जिल्ला सभापतिमा रोजन राईलाई निर्वाचित गरेको छ । १५ औं नियमित महाधिवेसन अन्तर्गत बुधबार सम्पन्न आठौं जिल्ला अधिवेसनबाट राईलाई सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित गरेको हो …

देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई

१८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोटाङको जिल्ला सभापतिमा रोजन राईलाई निर्वाचित गरेको छ ।

१५ औं नियमित महाधिवेसन अन्तर्गत बुधबार सम्पन्न आठौं जिल्ला अधिवेसनबाट राईलाई सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित गरेको हो ।

यसअघि देउवा पक्षले राईलाई १५ औं महाधिवेसन तयारी समितिको जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो ।

यस्तै, उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की, सह–सचिवमा अनिता राई र सुरेश कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, प्रदेश (क)को सभापतिमा उद्धव राई, उपसभापतिमा मकर राई, सचिवमा टीकाबहादुर बस्नेत, सह–सचिवमा सेकेन्द्र राई र राधा गिरी निर्वाचित भएका छन् । प्रदेश (ख)को सभापतिमा सुनिलचन्द्र राई, उपसभापतिमा भीमबहादुर राउत र निरेशकुमार राई, सचिवमा सरगम राई र बिश्वदीप राई निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार महासमिति सदस्यमा भुपेन्द्र राई, हिरा गुरुङ, दिनेश राई, पदम निरौला, नवराज राई, सरिता आङदेम्बे, देबी राई, देबेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशलकुमार राई, राकेश परियार र इन्दिरा दाहाल निर्वाचित भएका छन् ।

महाधिबेसन प्रतिनिधिमा हिरा गुरुङ, सरिता आङदेम्बे, देबी राई, शान्तीकला राई, भुपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशलकुमार राई, बसन्त राई, नवराज राई, दिलीप खत्री, भीमकेशर राई, राकेश परियार, बिकास श्रेष्ठ, इन्दिरा दाहाल, पदम निरौला, उदय चाम्लिङ, दुरेन्द्रकुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पसेर राई, सन्तोष राई, निर्पध्वज बिक, देबेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिक्षा राई, योगेश गुरुङ, दिपक बिक, सत्यवती राई, निर्मला राई, हरि थापा र स्मृति राई निर्वाचित भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई

देउवा पक्षको खोटाङ सभापतिमा रोजन राई

१८ कात्तिक, खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोटाङको जिल्ला सभापतिमा रोजन राईलाई निर्वाचित गरेको छ । १५ औं नियमित महाधिवेसन अन्तर्गत बुधबार सम्पन्न आठौं जिल्ला अधिवेसनब...

#शेरबहादुर-देउवा #राई #सभापतिमा
Compare →
Ekantipur
1w ago
बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

#सभापतिमा #निर्वाचित #देउवा
Compare →
Nagarik News
1w ago
इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

#राई #खोटाङ #सभापतिमा
Compare →

Related Stories

Technology
Build #2611