Trending
Prev Story
Next Story

जनकपुरधाम रेल्वे सेवाको सुधार गर्न माग

Onlinekhabar •
November 04, 2026 • 02:01 PM
1
1 reads 0 reactions

१८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वमा जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै …

जनकपुरधाम रेल्वे सेवाको सुधार गर्न माग

१८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वमा जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेल सेवा थप व्यवस्थित र यात्रुमैत्री बनाउन माग गर्दै नेपाल रेल्वे कम्पनीकन प्रवन्धकलाई ज्ञापनपत्र बुझाइएको हो ।

नेपाल–भारत सरकारको संयुक्त पहलमा वि.स.१९९३ मा सुरु भएको जनकपुरधाम–जयनगर रेल सेवा विभिन्न कारणले बन्द भएको थियो । भारत सरकारको सहयोगमा रेल्वे सेवा स्तरोन्नति गरी २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

अभियानले रेल चढ्ने यात्रुको सहज आवागमन, प्लेटफर्मको दैनिक सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेको छ ।

त्यस्तै, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हात बजारको व्यवस्थित सञ्चालन र सडक तथा छेकबारको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

अभियानले रेल्वे क्रसिङमा दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था तथा मालवाहक ढुवानी सेवा सञ्चालन गर्नसमेत माग गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
16h ago
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व...

#जनकपुरधाम
Compare →
Nagarik News
3d ago
छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ।

#जनकपुरधाम
Compare →

Related Stories

Technology
Build #2611