Trending
Prev Story
Next Story

ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

Ekantipur •
October 22, 2026 • 01:30 PM
1
1 reads 0 reactions

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका ब्रुकले २१ चौका र १० छक्कासहित २०२ रन बनाए ।

ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका ब्रुकले २१ चौका र १० छक्कासहित २०२ रन बनाए ।

काठमाडौँ — इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छन् । श्रीलंकाविरुद्धको त्रिकोणात्मक शृङ्खलामा उनले मात्र १ सय १४ बलमा दोहोरो शतक पूरा गर्दै सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका हुन् ।

अहिले जारी उक्त खेलमा ब्रुकले २०२ रनको विस्फोटक इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा २१ चौका र १० छक्का प्रहार गरे । यससँगै उनी ओडीआई क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका छन् ।

ब्रुकले भारतका शुभमन गिलको नाममा रहेको कीर्तिमानसमेत तोडेका छन् । गिलले यसै वर्ष वेस्ट इन्डिजविरुद्ध १ सय १७ बलमा दोहोरो शतक पूरा गरेका थिए । ब्रुकले तीन बल कम खेल्दै उक्त उपलब्धि आफ्नो नाममा गरे ।

ब्रुकले आफ्नो ऐतिहासिक दोहोरो शतक खेलको अन्तिम ओभरमा पूरा गरेका थिए । जनिथ लियानगेको बलमा उनले सुरुमा छक्का प्रहार गरे । त्यसपछि चौथो बलमा स्कुप सटलाई चौकामा परिणत गर्दै २०० रन पूरा गरेका थिए । इनिङ्सको अन्तिम बलमा ब्रुक आउट भएका थिए । यससँगै इंग्ल्यान्डले ५० ओभरमा ४ विकेटको क्षतिमा ४ सय २९ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका अहिले जवाफी ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक शृङ्खलाका लागि हाल इंग्ल्यान्ड र श्रीलंका पाकिस्तान भ्रमणमा छन् ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
16h ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#इंग्ल्यान्ड
Compare →
Hamro Patro News
3d ago
एनपीएलका तीन वटै सिजनमा पोखराको शतक

एनपीएलका तीन वटै सिजनमा पोखराको शतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्ने खेलाडी पोखरा एभेन्जर्सका युवराज शर्मा भएका छन् । उनले सोमबार कर्णाली याक्सविरुद्धको खेलमा शतक प्रहार गरे । यो एनपीए...

#शतक
Compare →
Onlinekhabar
4d ago
पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक जब प्रहार गर्ने खेलाडीको नाम आउँछ त्यसमा सबैभन्दा अगाडि आउने टिम पोखरा एभेन्जर्स हो । एनपीएलमा पोखरा एभेन्जर्सले एउटा विशेष कीर्तिमान बनाएको छ । एनपीएलको तेस्रो …

#शतक
Compare →

Related Stories

National (Nepal)
Build #2611