Trending
Prev Story
Next Story

एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् । जापानमा बुधबार र बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी …

एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि

५ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् ।

जापानमा बुधबार र बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी भएका हुन् ।

बंगलादेश फुटबल महासंघका उपाध्यक्ष नासेर शहरियार जहिदीले पनि नेम्बाङसहितको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङसहित महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत ललितपुरले २३ असोजमा पक्राउ परेका कोषाध्यक्ष जोशी १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । अध्यक्ष नेम्बाङ र महासचिव राईको हकमा भने पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । त्यसयता अध्यक्ष नेम्बाङ र महासचिव राई फरार छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

#जापान
Compare →
Hamro Patro News
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अव...

#जापान
Compare →
Ekantipur
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

#जापान
Compare →

Related Stories

National (Nepal)
Build #2611