Trending
Prev Story
Next Story

श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्। उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्। ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो …

श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक

५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्।

उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्।

ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याटर बनेका छन्। उनले भारतका शुभमन गिलको ११७ बलमा दोहोरो शतक पूरा गर्ने कीर्तिमान तोडेका हुन्।

उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो इंग्लिस ब्याटरसमेत बनेका छन्।

ब्रुकले इनिङ्सको अन्तिम बलमा आउट हुनुअघि २०२ रन बनाए। उनको आक्रामक ब्याटिङमा इंग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४२९ रन बनाएको छ।

इंग्ल्यान्डका जो रुटले ६९, विल ज्याक्सले अविजित ६६ र टम ब्यान्टनले ५० रन बनाए। रावलपिन्डीमा जारी त्रिकोणात्मक शृङ्खलामा इंग्ल्यान्ड र श्रीलंकासँगै पाकिस्तान पनि सहभागी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4d ago
पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

#शतक #बनाए
Compare →
Hamro Patro News
1d ago
पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी विराटनगर किङ्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।क्यानडाका २० वर्षीय बायाँहाते ओपनर ...

#बनाए
Compare →
Nagarik News
4d ago
कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

#शतक
Compare →

Related Stories

National (Nepal)
Build #2611