उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।
काठमाडौँ — पोखरा एभेन्जर्सका क्यानेडियन ओपनर युवराज सामराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाएका छन् । उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।
एनपीएलमा बनेको यो चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । व्यक्तिगत खेलाडीले शतक बनाएको खेलमा पोखराले हारेको छैन । पोखरा यस पटक पहिलो चार खेलमै पराजित रहेको छ ।
२०२४ मा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।
गत वर्ष कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।