Trending
Prev Story
Next Story

सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य

Ekantipur •
November 09, 2026 • 08:32 AM
1
1 reads 0 reactions

टस जितेपछि ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो ।

सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य

टस जितेपछि ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो ।

काठमाडौँ — क्यानेडियन ओपनर युवराज सामराको आक्रामक शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार कर्णाली याक्सलाई विशाल लक्ष्य दिएको छ । टस जितेपछि ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो । एनपीएलमा यस सिजन पहिलो पटक कुनै पनि टोलीले २ सय रनको स्कोरलाई छोएका हुन् । सामराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४८ बलमा १ सय २ रन बनाए । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

एनपीएलमा बनेको यो चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । व्यक्तिगत खेलाडीले शतक बनाएको खेलमा पोखराले हारेको छैन । पोखरा यस पटक पहिलो चार खेलमै पराजित रहेको छ ।

२०२४ मा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । लुम्बिनी लायन्सविरुद्धको सो खेलमा उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ रन बनाएका थिए ।

गत वर्ष नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो  । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए ।

सामराले ४८ बल खेली १० चौका र ६ छक्का प्रहार गरी मार्क वाटको बलमा आउट भए । माहेदी हसन १६ बल खेलि ५ रनमै आउट भएको अवस्थामा सामरा र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ६८ बलमा १ सय ३६ रनको साझेदारी गरे । कुशलले ३९ बल खेली ७ चौका प्रहार गर्दै ६२ रन बनाए ।

कप्तान चामिका करुणारत्ने ११ बल खेलि समान ३ चौका र छक्का प्रहार गरी ३५ रनमा अविजित रहे । सन्नी विक ६ बलमा ३ रनमा अविजित रहे । कर्णालीका सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ र वाटले १ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
9h ago
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।

#बनाए #एनपीएल
Compare →
Hamro Patro News
48m ago
जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो चरणबाट पोखरा एभेन्जरपछि जनकपुर बोलट्स र कर्णाली याक्स पनि बाहिरिएका छन्। शुक्रवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरलाई ४ विकेट...

#एनपीएल #कर्णाली
Compare →
Arthasansar
2h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #कर्णाली
Compare →
Onlinekhabar
2h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #कर्णाली
Compare →

Related Stories

Sports
Build #2611