काठमाडौं : अमेरिकी खर्बपति एलन मस्कले यस वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डाेनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी का उम्मेदवारहरूलाई विजयी गराउन इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेका छन्। तर, उनको यो आर्थिक लगानी विफल बनेको छ।
'द न्यूयोर्क टाइम्स' र संघीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मस्कले यस निर्वाचनमा ४४ करोड ५० लाख देखि ४७ करोड ४० लाख अमेरिकी डलर (करिब ६० अर्ब नेपाली रुपैयाँभन्दा बढी) चन्दा दिएका छन्। अमेरिकी इतिहासमा कुनै पनि व्यक्तिगत चन्दादाताले एउटै निर्वाचनमा खर्च गरेको यो अहिलेसम्मकै उच्च रेकर्ड हो।
Read full story at source ( annapurnapost.com )