Trending
Prev Story
Next Story

मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने

Onlinekhabar •
November 04, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण …

मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।

महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहोर बाल्ने कार्य उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण हुन् ।

जाडोयाममा चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने हुँदा प्रदूषणको स्तर थप बढ्ने गर्दछ । यस प्रकारको खराब वायुले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वासप्रश्वासका बिरामी र दीर्घरोगीलाई बढी जोखिममा पार्ने महानगरले जनाएको छ ।

वायु प्रदूषण न्यूनीकरणका लागि महानगरले सम्पूर्ण नगरवासीलाई विभिन्न नियम कडाइसाथ पालना गर्न अनुरोध गरेको छ । जसअन्तर्गत सवारीसाधनलाई प्रचलित प्रदूषण मापदण्डभित्र राखेर चलाउन र नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न आग्रह गरिएको छ ।

त्यसैगरी निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्न र ढुवानी तथा लोड–अनलोड गर्दा धुवाँधुलो ननिस्कने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

महानगरले प्लास्टिकजन्य तथा अन्य फोहोरमैला खुला जलाउन पूर्णरूपमा प्रतिबन्ध लगाउँदै, यस्तो कार्य गरे वा मापदण्ड विपरीत धुवाँ फाल्ने सवारीसाधन चलाए कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिएको छ ।

यसैगरी महानगरभित्र सञ्चालित उद्योग, कलकारखाना र अस्पतालहरूलाई ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेरमात्र काम गर्न र प्रदूषण कम गर्ने उपकरण अनिवार्य प्रयोग गर्न भनिएको छ ।

सर्वसाधारणलाई घर बाहिर निस्कँदा वा हिँडडुल गर्दा व्यक्तिगत सुरक्षाका लागि अनिवार्य रूपमा मास्क प्रयोग गर्न महानगरले सुझाएको छ ।

वायु गुणस्तरसम्बन्धी अद्यावधिक जानकारी लिन चाहनेले महानगरपालिका र सरकारको आधिकारिक वेबसाइट मार्फत जानकारी प्राप्त गर्न सक्ने पनि सूचनामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #चलाउने #महानगर
Compare →
Nagarik News
6d ago
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ ९जीआरएपी० को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो।

#प्रदूषण #वायु
Compare →
Hamro Patro News
2d ago
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट...

#प्रदूषण #वायु
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#सवारी #चलाउने
Compare →

Related Stories

Technology
Build #2611