Trending
Prev Story
Next Story

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

Ekantipur •
November 04, 2026 • 08:32 AM
1
1 reads 0 reactions

नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो ।

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो ।

काठमाडौँ — मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्बिमा कम्पनीमा हकप्रद सेयरमा लगानी गर्ने निर्णय गरेसँगै सेयर मूल्य उच्चले बढेको छ । यसको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो । कुनै पनि कम्पनीको सेयर मूल्य उच्च उतारचढाव हुनबाट रोक्न नेप्सेले यसरी सर्किट ब्रेक लगाउने गर्छ। कुनै पनि सेयरको मूल्य एक दिनमा १५ प्रतिशतले भन्दा धेरै बढ्न वा यो दरभन्दा धेरैले घट्न नदिन यस्तो व्यवस्था गरिएको हो ।

नेपाल पुनर्बिमाको सेयर ९ सय २१ रूपैयाँमा कारोबार भइरहेको छ।

यसमा नेपाल पुनर्बिमा नेपाल सरकारको ४४‍.०४ प्रतिशत सेयर स्वामित्व छ । सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत सेयर छ ।

त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी लगायत विभिन्न बिमा कम्पनीको सेयर लगानी छ। पुनर्बिमा कम्पनीहरूको लागि बिमा प्राधिकरणले २० अर्ब चुक्ता पुँजी तोकेको छ। हाल १३ अर्ब ४२ करोड पुँजी रहेको यसले बाँकी रकम हकप्रद सेयर जारी गरेर जुटाउनेछ ।

यसले गत आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासपछि वित्तीय विवरण नै प्रकाशित गरेको छैन । सो अवधिमा भने यो ५ अर्ब ८४ करोड रूपैयाँ नोक्सानमा छ । यसले आर्थिक वर्ष २०७९-८० पछि  सेयरधनीलाई लाभांश दिएको छैन । सोभन्दा अघिको वर्ष ५ प्रतिशत लाभांश दिएको थियो ।

सरकारको निर्णयसँगै अर्को पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको पनि हकप्रद जारी हुने आशमा मूल्य बढेको छ। हिमालयन रिको भने सेयर मूल्य यो समाचार तयार पार्दासम्म ११ प्रतिशतले बढेर ५ सय ३३ रूपैयाँ पुगेको छ ।

हाल यसको चुक्तापुँजी १० अर्ब ८६ करोड रूपैयाँ छ। यसले नियामकले तोके अनुसार पुँजी पुर्याउँन ९ अर्ब २४ करोड रूपैयाँ बराबर पुँजी वृद्धि गर्नुपर्छ । पछिल्लो समय भने यो कम्पनी समस्यामा छ। लगानी जोडिएका सञ्चालकहरूबाट रकम दुरूपयोग भएको भन्दै सञ्चालकहरूमाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढिरहेको छ ।

हिमालयन रिको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरण प्रकाशित भएको छैन । आर्थिक वर्ष २०८२-८३ को पछिल्लो वित्तीय विवरण अनुसार २ अर्ब ३९ करोड रूपैयाँ नोक्सानमा छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
हकप्रदको आशमा नेपाल पुनर्बिमा  कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो

हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म बढेपछि सर्किट ब्रेक लागेको हो । कार्तिक १८, २०८३ कान्तिपुर स...

#पुनर्बिमा #सर्किट #हकप्रद
Compare →
Bizshala
1w ago
नेपाल पुनर्बिमाको हकप्रदमा सरकारी लगानीको बाटो खुल्यो, पुरानै योजना अघि बढे करिब ६ अर्ब थपिने

नेपाल पुनर्बिमाको हकप्रदमा सरकारी लगानीको बाटो खुल्यो, पुरानै योजना अघि बढे करिब ६ अर्ब थपिने

काठमाडौं । सरकारले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको हकप्रद सेयरमा थप लगानी गर्न सहमति दिएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयसँगै कम्पनीको पुँजी वृद्धिमा सरकारको सहभागिताका लागि नीतिगत बाटो खुलेको छ।

#पुनर्बिमा #हकप्रद
Compare →
Onlinekhabar
1w ago
बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

बुद्धिस्ट सर्किट भनेको भगवान् बुद्धको जीवन र बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई जोड्ने तीर्थयात्रा वा पर्यटन मार्ग हो। यसका चार प्रमुख स्थल हुन्- बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थल बोधगया, पहिलो उपदेश दिएको स्थल …

#सर्किट
Compare →
Arthasansar
1w ago
हिमालयन रिको सेयर रजिस्ट्रार परिवर्तन

हिमालयन रिको सेयर रजिस्ट्रार परिवर्तन

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो टु सेयर रजिस्ट्रार प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको २०८३ असोज २९ गते...

#हिमालयन #रिको
Compare →

Related Stories

Science & Climate
Build #2611