Trending
Prev Story
Next Story

बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए

Onlinekhabar •
November 04, 2026 • 08:30 AM
1
1 reads 0 reactions

अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक परिणाम र रुझानहरूमा कङ्ग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट)मा डेमोक्रयाटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना देखिएको छ । बहुमतको संकेतपछि पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एक्स’मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । पार्टीका लागि देशव्यापी …

बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए

अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक परिणाम र रुझानहरूमा कङ्ग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट)मा डेमोक्रयाटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना देखिएको छ ।

बहुमतको संकेतपछि पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एक्स’मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।

पार्टीका लागि देशव्यापी रूपमा सक्रिय चुनावी प्रचारप्रसार गरेका ओबामाले यो सम्भावित नतिजालाई अमेरिकी जनताले विभाजनकारी राजनीतिविरुद्ध दिएको स्पष्ट जनादेशका रूपमा व्याख्या गरेका छन् ।

पूर्वराष्ट्रपति ओबामाले अमेरिकी जनताले राजनीतिमा परिवर्तन र स्पष्टता चाहेको उल्लेख गरेका छन् ।

‘आज राति अमेरिकी जनताले एउटा स्पष्ट सन्देश दिएका छन् । उनीहरू मानिसहरूलाई विभाजित गर्ने भन्दा पनि एकजुट बनाउने राजनीति चाहन्छन्,’ ओबामाले अगाडि भनेका छन्, ‘उनीहरू आफ्ना चुनौतीहरूको ठोस समाधान दिने नेता चाहन्छन् ।’

यो नतिजा देशका हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट उम्मेदवारहरूका कारण सम्भव भएको ओबामाको भनाइ छ । पहिले जितको सम्भावना एकदमै कम मानिएका कठिन क्षेत्रहरूमा पनि फरक पृष्ठभूमि र विविध राजनीतिक विचार बोकेका उम्मेदवारहरूले साझा मूल्य, जनसेवाप्रतिको विश्वास र जनतालाई प्राथमिकता दिने प्रतिबद्धताका साथ सफलता हासिल गरेको उनले उल्लेख गरेका छन् ।

निर्वाचन प्रक्रियालाई सहज रूपमा सम्पन्न गर्न मद्दत गर्ने दुवै पार्टीका हजारौँ निर्वाचन अधिकारीहरू र स्वयंसेवकहरूको प्रशंसा गर्दै ओबामाले उनीहरूले लोकतन्त्रको सबैभन्दा जरूरी कामलाई जिम्मेवारीका साथ पूरा गरेको बताएका छन् ।

ट्रम्प प्रशासनसँग अझै दुई वर्षको समय बाँकी रहेको सन्दर्भ जोड्दै ओबामाले आगामी दिनमा पूर्ण मेहनतका साथ जुट्नुपर्नेमा जोड दिएका छन् । अधिकार भएका ठाउँमा सकारात्मक परिवर्तन ल्याउनु, अगाडि हुने सम्भावित क्षति रोक्नु र भविष्यका लागि बलियो जग तयार पार्नु नै अबको मुख्य जिम्मेवारी रहेको उनले स्पष्ट पारेका छन् ।

यसैबीच, सबै निर्वाचन परिणाम बाहिरिनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजा जे–जस्तो आए पनि त्यसलाई सहज रूपमा स्वीकार गर्ने बताएका छन् । कङ्ग्रेसका दुवै सदनमा डेमोक्रयाटिक पार्टीको बहुमत सुनिश्चित भएमा ट्रम्पको बाँकी दुई वर्षको कार्यकालमा ह्वाइट हाउसका निर्णय तथा नीतिहरूमाथि कडा विधायिकी नियन्त्रण र सन्तुलन कायम हुने देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
अमेरिकी चुनावको सन्देश :  ट्रम्पको घमण्ड र सनकको पराजय

अमेरिकी चुनावको सन्देश : ट्रम्पको घमण्ड र सनकको पराजय

राज्य सञ्चालन अहंकार, घमण्ड र सनकबाट हुँदैन। शक्तिको दम्भ देखाएर संसारलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्ने नेतृत्व अन्ततः आफ्नै जनताको कठघरामा उभिनुपर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा...

#अमेरिकी #सन्देश
Compare →
Nagarik News
12h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Bizshala
16h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2611